www.tandavnews.com
Fact ~ In search of truth

पिपलुको सारथी बर ढल्दा धेरै रोएँ !

 

। गजल ।

तिम्रो बिहेको कुरा अन्तै चल्दा धेरै रोएँ
तिम्रो यादमा मेरो मुटु जल्दा धेरै रोएँ !

Batas

कसरी बिर्सु अतितका पलहरु
छियाछिया भएको मन गल्दा धेरै रोएँ !

आँखा चिम्ली विश्वास गरे तर घात भयो
फुलै फुलमा पनि काँडा फल्दा धेरै रोएँ !

बर अनि पिपल जस्तै गरी बाचुभन्दा भन्दै
पिपलुको सारथी बर ढल्दा धेरै रोएँ !

भुलिदिन्छु भनि अब निदाउने प्रयास गर्दा
सपनीमा तिमी आइ छल्दा धेरै रोएँ !

 

 

 

 

 

दिपुजंग खत्री
गल्कोट हरिचौर–९ चरौदी बाग्लुङ, हाल –जापान

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.