www.tandavnews.com
Fact ~ In search of truth

गण्डकी अस्पतालमा औषधी अभाव, एक हप्ता भित्र पूर्ती गर्न मेयरको निर्देशन

पोखरा
ताण्डव न्यूज ।

पोखरा लेखनाथ महानगरपालिकाका मेयर मानबहादुर जिसी पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रिय अस्पताल गण्डकीमा औषधीको अनुगमन गर्न पुगेका छन् ।

केही दिन यता अस्पतालमा औषधीको अभाव भएको भन्ने जानकारी आएकोले विरामी मारमा परेको गुनासो सुनिए पश्चात्त मेयर जिसी अनुगमनका लागि अस्पताल पुगेका हुन् ।

Batas

मेयर जिसीले आज आईतबार अनुगमन गर्दै प्रतिष्ठानका निर्देशक अुर्जन आचार्यलाई एक हप्ता भित्रमा औषधी परिपूर्ती गर्न निर्देशन दिए ।

टेण्डर प्रक्रियाले गर्दा औषधी अभाव भएको निर्देशक आचार्यले स्विकारे । ‘प्रतिष्ठानले औषधी पूर्तीको लागि नयाँ टेण्डर लिएकालाई एक हप्ता भित्रमा औषधी ल्याउन भनिएको छ,’ उनले भने, ‘यो टेण्डरको बेला जुन वर्ष पनि यस्तै समस्या आईपर्छ । समस्यालाई समाधान गर्न यस वर्ष औषधी बढाएर हाल्न लगाएका थियौं तर पनि पुगेन ।’

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.