www.tandavnews.com
Fact ~ In search of truth

गण्डकी प्रदेश : मन्त्रीले भन्दा धेरै भत्ता बुझ्छन् स्वकीय सचिवले

पोखरा
ताण्डव न्यूज । 

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले चालु आर्थिक वर्षको साउन महिना देखि पुससम्म करिब तीन लाख रुपैयाँ भ्रमण भत्ता बापत बुझेका छन् ।

प्रदेशको राजधानी पोखरा बाहिर आउजाउ गर्दा सबै भन्दा धेरै दैनिक भ्रमण भत्ता लिनेमा मुख्यमन्त्री गुरुङ नै एक नम्बरमा छन् । उनले २ लाख ९२ हजार दुईसय ५० रुपैयाँ भत्ता बापत पैसा बुझेको मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयले जनाएको छ ।

Batas

मुख्यमन्त्री पछि सबै भन्दा धेरै भत्ता बुझ्ने आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङ हुन् । उनले पनि सोही अबधिमा ९६ हजार आठसय ७५ रुपैयाँ बुझेका छन् । तेस्रो नम्बरमा धेरै दैनिक भ्रमण भत्ता बुझ्नेमा सरकारका प्रवत्ता समेत रहेका भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेत पर्छन । उनले ९६ हजार छ सय ५० रुपैयाँ बुझिसकेका छन् ।

चौँथो धेरै भ्रमण भत्ता बुझ्ने मन्त्रीमा हरि बहादुर चुमान पर्छन । आन्तरिक मामिला तथा कानुन मन्त्री चुमानले ७४ हजार तीनसय ७५ रुपैयाँ बुझेका छन् । पाचौँ भत्ता बुझ्ने मन्त्री हुन विकास लम्साल । उद्योग पर्यटन वन वावरण मन्त्री लम्सालले साउन महिना यता दैनिक भ्रमण भत्ता बापत ५४ हजार तीन सय १० रुपैयाँ बुझेका छन् ।

छैटौँ नम्बरमा धेरै भत्ता लिने लिस्टमा छन भूमि व्यवस्था तथा कृषि तथा सहकारी मन्त्री लेखबहादुर थापा । उनले यस अवधिमा ४८ हजार आठसय ७५ रुपैयाँ बुझेका छन् । उनी यस सरकारमा सबै भन्दा कम भत्ता लिनेमा दोस्रो नम्बरमा छन् ।

गण्डकी सरकारका सात मन्त्री मध्ये सबै भन्दा कम दैनिक भ्रमण भत्ता बुझ्ने मन्त्री हुन नरदेवी पुन मगर । सामाजिक विकास मन्त्री मगरले साउन महिना यता जम्मा २० हजार रुपैयाँ बुझेकी छन् ।

सरकारका मन्त्रीहरुलाई राजधानी भएको जिल्ला बाहेकका १० वटा जिल्लासँगै विदेश जाँदा समेत भत्ता दिने ब्यवस्था गरिएको छ । यस बाहेक मन्त्रीहरुले नियमित तलबसँगै चाडवाड मनाउन खर्च समेत सरकारसँग पैसा लिने गरेका छन् ।

मन्त्रीहरुसँगै उनका राजनीतिक सल्लाहकार र स्वकिय सचिबहरुले पनि भत्ता बुझेका छन् । मुख्यमन्त्रीका राजनीतिक सल्लाहकार गोबिन्द बहादुर नेपालीले १३ हजार पाँचसय २५ रुपैयाँ बुझेको मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयले जनाएको छ ।

‘मन्त्री ज्यूहरुले कुनै महिनामा थोरै रकम भए त्यै महिनामा लिनु हुन्न,’ मुख्यमन्त्री कार्यालयका सचिब लालमणि ओझाले भने, ‘त्यसैले कुनै महिना खाली छ कुनै महिना धेरै रकम लिएको देखिन्छ ।’

मन्त्रीको भन्दा धेरै भत्ता स्वकिय सचिवको

गण्डकी प्रदेश सरकारमा मन्त्रीको भन्दा मन्त्रीका स्वकिय सचिब र कार्यालय सहोगीहरुले धेरै भत्ता बुझेका छन् । भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेतका स्वकीय सचिब निर्मल गुरुङले सामाजिक विकास मन्त्री नरदेवी पुनको भन्दा पनि धेरै दैनिक भ्रमण भत्ता बुझेका छन् ।

साउन महिना यता मन्त्री पुनले २० हजार रुपैयाँ बुझेकी छन् भने गुरुङले ३६ हजार रुपैयाँ बुझि सकेका छन् । त्यस्तै आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङका स्वकिय सचिब रोमाकान्त पोखरेल पनि मन्त्री पुनको भन्दा धेरै दैनिक भ्रमण भत्ता लिनेमा दोस्रो नम्बरमा छन् । उनले २८ हजार बुझेका छन् ।

त्यस्तै कानुन मन्त्री हरि बहादुर चुमानका स्वकीय सचिब खुमबहादुर विक धेरै दैनिक भ्रमण भत्ता बुझ्नेमा तेस्रो नम्बरमा छन् । उनले मन्त्री पुनको भन्दा पाँच हजार २ सय रुपैया बढि बुझेका छन् ।

अर्काे धेरै भत्ता बुझ्नेमा उद्योग पर्यटन वन वातावरण मन्त्रीका स्वकीय सचिब किशोर सापकोटा छन् । उनले पनि मन्त्री पुनको भन्दा धेरै रकम बुझेका छन् । उनले जम्मा २१ हजार छ सय रुपैयाँ बुझेका छन् ।

भूमि ब्यवस्था कृषि तथा सहकारी मन्त्रीका स्वकीय सचिब भरत खनालले पनि १९ हजार २ सय दैनिक भ्रमण भत्ता बुझेका छन् ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.