www.tandavnews.com
Fact ~ In search of truth

नेकपा निर्णय : गण्डकी प्रदेशभर शोक , नयाँ बजारमा श्रद्धाञ्जली, रामघाटमा अन्तेष्टी

पोखरा ।

संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रविन्द्र अधिकारीको ताप्लेजुङमा हेलिकप्टर दुर्घटनामा भएको निधनप्रति नेकपाले प्रदेशभरी शोक सभा गर्ने भएको छ ।

नेपाल कम्युनिष्ट पार्टी गण्डकी प्रदेश कमिटीको विहिबार बसेको आकस्मिक बैठकले प्रदेशभरका सबै पार्टी कार्यालयमा ३ दिनसम्म पार्टीको झण्डा आधा झुकाउने, १९ गते गण्डकी प्रदेशका सबै जिल्लामा शोक सभा आयोजना गर्ने र १३ दिनभित्र सबै स्थानीय तहमा शोक सभा आयोजना गर्ने निर्णय गरेको छ ।

Batas

नेकपा केन्द्रिय सदस्य समेत रहेका अधिकारीको पार्थिव शरीरलाई शुक्रबार पोखरा प्रदर्शनी केन्द्र नयाँ बजारमा राखेर श्रद्धाञ्जली अर्पण गर्ने, रामघाटमा राजकीय सम्मानका साथ अन्तेष्टी गर्ने नेकपा गण्डकीका सचिव गोविन्द नेपालीले जानकारी दिए ।

नेकपा गण्डकीका इन्चार्ज एवं मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बोलाएको आकस्मिक बैठक दुर्घटनामा निधन भएका मन्त्री अधिकारी सहित सबै प्रति दुख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरेको छ ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.