www.tandavnews.com
Fact ~ In search of truth

समृद्धिको सपना बुन्दै गण्डकी प्रदेशका तीन लाख युवा खाडीमा

सन्तोष अधिकारी
पोखरा, ताण्डव न्यूज । 

वागलुङ ढोरपाटनका शिवहरि परियार २०७१ सालमा कमाउँला, अनि रमाउँला भनेर कतार हानिए । एक लाख १० हजार रुपैयाँ ऋण खोजेर कतार पुगेका उनलाई त्यो तिर्न मात्र एक वर्ष लाग्यो ।

यहाँबाट म्यानपावर कम्पनीले जुन सुविधा हुन्छ भनेर सम्भौता गरेर लगेको थियो त्यस्तो भएन । त्यति बेला उनलाई सेक्यूरिटी गार्डको रुपमा कतार लगिएको थियो, तर गर्नुप¥यो ठुला–ठुला भवनमा फर्मा फिटिङ । टन्न पैसा कमाउँला, रमाउँला भनेर हिँडेका उनले न मनले सोचेजस्तो समृद्धि भेटे न खुसी । उल्टो घर फिर्नका लागि गाउँबाट त्यहीँ श्रम बेच्न गएकाहरुले पैसा उठाएर सहयोग गर्नुप¥यो ।

Batas

‘जसरी पैसा कमाउँला, नेपाल फर्काैँला अनि केके गरौँला भनेर सपना बुनेर गएको थिएँ त्यसको उल्टो भयो,’ परियारले भने ‘त्यो बेला ज्यानमा गर्मी गढेछ अहिले सम्म सन्चो छैन । केपी ओलीले टिभीमा दिनदिनै समृद्धिको अभियान सुरु भयो । सबैले अब रोजगारी पाउँछन् भन्छन् । खै हाम्रो दुख कस्ले देख्ने ।’

परियारको जस्तै सपना साँचेर गण्डकी प्रदेशबाट २ लाख ३१ हजार ७५ घरका तीन लाख २२ हजार ७ सय ६२ जना यूवा युवती विदेश पसेका छन् । गण्डकी प्रदेश सरकारले उक्त तथ्याङ्क दिनदिनै बढेको बताएको छ ।

‘राजनीतिक अस्थितरता भयो, यहाँ लगानीको वातावरण बन्न सकेन,’ गण्डकी प्रदेश सरकारका विज्ञ सदस्य डा. विष्णुराज बरालले भने ‘अब विस्तारै लगानीको वातावरण बन्दैछ । युवाहरु यहाँ अब रोक्न नसके हामीले भने जस्तो सुखी नेपाली, समृद्ध नेपाल बन्न सक्दैन । यसका लागि सबै क्षेत्र एकजुट हुनुपर्छ ।’

कुन जिल्लाबाट कति युवा खाडीमा ?

बागलुङका शिवहरि जस्तै गण्डकी प्रदेशका ११ वटै जिल्लाबाट युवायुवतीहरु खाडी मुलुकमा आफ्नो श्रम बेचिरहेका छन् । गण्डकी प्रदेशमा सबै भन्दा धेरै कास्कीबाट युवाहरु विदेश गएका छन् भने मनाङबाट सबै भन्दा कम युवा खाडी गएका छन् ।

कास्की जिल्लाबाट ५७ हजार तीनसय पाँच जना विदेशीएका छन् । कास्की पछि सबै भन्दा धेरै स्याङ्जाबाट युवायुवतीहरु विदेशीएका छन् । स्याङ्जाबाट ५० हजार चारसय ७६ जना विदेशीएका छन् ।

त्यस्तै तनहुँबाट ४६ हजार तीनसय ८७ जना, वाग्लुङबाट ४२ हजार छ सय २३ जना, नवलपुरबाट ३८ हजार नौसय ५३ जना, गोरखाबाट २८ हजार एकसय ४ जना युवायुवती विदेशीएका छन् । त्यस्तै पर्वतबाट २१ हजार सातसय ३५ जना, लम्जुङबाट २१ हजार एकसय ६१ जना विदेशी भूमीमा श्रम बेचिरहेका छन् ।

म्याग्दीबाट १४ हजार तीनसय १४ जना, मुस्ताङबाट एक हजार चारसय २५ जना र मनाङबाट जम्मा २७९ जना विदेशीएका छन् ।

विदेश जान रोक्ने प्रदेशको योजना 

भौतिक पुर्वाधार विकास मन्त्री रामशरण बस्नेतले प्रदेश सरकार खाडीमा श्रम बेचिरहेका जनशक्तिलाई आफ्नै भूमिमा फर्काउने अभियानमा लागेको बताए । ‘युवाहरु विदेशिएका छन् यहिँ ल्याउन होमस्टे सञ्चालन गर्न लागिएको हो ।

यस्ता थुप्रै रोजगारका कार्यक्रमहरु प्रदेश सरकारले सृजना गर्दैछ,’ मन्त्री बस्नेतले भने ‘नयाँ प्रविधीयुक्त कृषि प्रणालीलाई जोड दिने, आधुनिकीकरणमा काम गर्ने । चारसय वटा त हामीले कृषि फर्म निर्माणमा सहयोग गर्ने कार्यक्रम ल्याएका छौँ । चारसय वटा कृषि फर्मबाट लाखौँ युवाहरुलाई रोजगारी दिन सकिन्छ ।’

प्रदेश सकारको लक्ष्य खाडीमा गएर मासिक कमाउने ४०–५० हजार रुपैयाँ यहिँ कमाउने वातावरण तयार गर्न सुरु गरेको उनको भनाई छ ।

विदेशी पर्यटकको आवागमन बढाउन पनि प्रदेशले पहलकदमी गरेको भन्दै उनले यसबाट पनि यहाँका बेरोजगारीहरुले रोजगारीको अवसर पाउने तर्क गरे ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.