www.tandavnews.com
Fact ~ In search of truth

पसिना बगाउने आफ्नै देशमा हो

पाेखरा
ताण्डव न्यूज ।

संसारको उत्कृष्ट ठाउँ आफ्नै देश हो । त्यसमा पनि आफ्नो जन्मभूमि प्यारो लाग्ने नै भयो ।

म एकैपटकमा झ्याप्पै पर्यटन व्यवसायमा हात हालेको होइन । काठमाडौं बसेर अध्ययन गर्ने क्रममै मैले एउटा सोच बनाईसकेको थिएँ । म जागिर खाने प्रवृत्तिको व्यक्ति होइन म आफैंले केही व्यवसाय गर्नुपर्छ भन्ने योजना बनाउँदै पनि थिए ।

Batas

जब अध्ययन पूरा भयो । त्यसपछि मैले विश्वका विभिन्न देसहरु घुम्नकै लागि निस्किएँ । लगभग दुई वर्ष जति म नेपाल आउने जाने गर्दै त्यस समयमा व्यवहारिक ज्ञान कलेक्सन गर्दै गए । अन्नतः मैले निश्कर्ष निकाले पसिना बगाउने आफ्नै देशमा रहेछ ।

विदेशमा हुँदा सबै मुलुकका व्यक्तिहरु हेर्दा जस्तै युरोपबाट अमेरिका बसाई गएर बसेकाहरुलाई बुझें । खुसी र आत्मसन्तुष्टि जब केही काम गरेर मिल्छ त्यो आफ्नै देशमा सम्मानका साथ पाइन्छ भन्ने कुराको निक्र्यौल भयो ।

म कन्भिन्स भए र काठमाडौमै ट्राभल अफिस स्थापना गरेर व्यावसायिक यात्राको थालनी भयो । पोखरा छोडिसकेको १२ वर्ष पार गरिसकेको थियो । काठमाडौंमा व्यवसाय गर्दै गर्दा पनि किन किन आत्मियताको झल्को मेटिएन र काठमाडौं छोड्ने निधो गरे ।

पोखरा जन्मभूमि भएर पनि होला पोखरामै मेरो व्यवसाय स्थिर हुनसक्छ भन्ने दृढताका साथ मैले पोखरामा पर्यटन व्यवसायलाई नै विस्तार गर्नुपर्छ भन्ने उद्देश्यले स्नोल्याण्डको सञ्चालनको तयारी थाले ।

०७२ वैशाखको पहिलो साता भित्र नै सञ्चालनमा ल्याएको होटल सोही महिनाको १२ गते गएको महाभूकम्पले चुनौती थपिदियो । समग्र पर्यटनलाई नै धराप पार्ने गरी गएको त्यो विपत्ती पछि नाकाबन्दीको मार त्यही वर्ष खेप्नु प¥यो । मानिसमा जब सकारात्मक भावना जागृत हुन्छ तब कुनै पनि विपत्तीले हतोत्साहित बनाउन नसक्ने रहेछ ।

मेरो जुन लक्ष्य थियो सोही अनुसार आफू र व्यवसायलाई एडजस्ट गराउन सके भन्ने लाग्छ अहिले । तर पनि सतही मूल्यांकन गर्ने हो भने विभिन्न कारणले गर्दा पर्यटनलाई एउटा निश्चित मार्गमा लैजान नसकेको हो की भन्ने फिल हुन्छ । चाहेँ त्यो राज्यले पर्यटन व्यवसायीलाई गर्ने व्यवहार होस् वा हामीसँग भएको पूर्वाधार सबैको भूमिका उत्तिकै छ ।

लेकसाइड २४ घण्टा खुल्नुपर्छ

हामीसँग जे छ, त्यसैमा मात्र निर्भर भएर अबको अवस्थामा नथेग्ने भैसकेको छ । यति सुन्दर ठाउँ पोखरा अझ सुन्दरतामा मादकता थप्ने फेवातालको सही उपयोग नै गर्न सकेनौं ।

आज २ छ भने त्यसलाई भोलिको दिनमा ४ बनाउन सक्नु पर्छ । तर राज्यले विभिन्न सुरक्षाको नाममा लेकसाइडको पर्यटन विस्तारमा अकुंश लगाउने काम गरेको छ । व्यवसायले राज्यलाई कर तिरेको छ, नियमकानुन अनुसार व्यवसाय सञ्चालन गर्छु ।

मुलुकको अर्थतन्त्रमा मेरो पनि हिस्सा रहन्छ म सहयोग गर्छु भन्ने भावना विकास गर्नु नै अहिले त यहाँ अपराध जस्तै भएको छ । व्यवसाय गर्ने भनेको नाफा कमाउन कै लागि हो र यिनिहरुलाई कुनै हालतमा माथि उठ्न दिनु हुँदैन भन्ने सोच सहित वैरी भावना राज्यकै निकायबाट पैदा हुन्छ भने कसरी हाम्रो मुलुकको पर्यटन मौलाउन पाउने ? फेवा रातमा पूरै सुतिरहेको हुन्छ, रातमा समेत फेवालाई जगाउँन पायौं भने, पोखराको पर्यटन अस्वाभाविक रुपमा मौलाउँछ ।

मानिसहरु अहिले रिफ्रेसमेन्ट खोजिरहेको छ, जीवन र जगतबाट वाक्क दिक्क परिरहेकाहरु पनि डिलमा आएर चिसो बताससँग बात गर्न खोज्छन्, तर उनीहरुलाई त्यो अवसर पनि छैन् राति ११ बजे पछि सबै बजार नै सुनसान भइदिन्छ ।

विभिन्न चरणमा नीति निर्माताहरुले काठमाडौंको ठमेल र पोखराको लेकसाइडलाई पर्यटन विस्तारमा सहयोग गर्न भन्दै २४ घण्टा खुलाउन प्रस्ताव गरेपनि कुनै न कुनै निकायबाट अवरोध भने सिर्जना भई नै रहन्छ ।

हालै मात्र सरकारले पर्यटन वर्ष २०२० मनाउने घोषणा गरेको छ । के अब हामी विद्यमान भौतिक पूर्वाधार र सेवाबाट नयाँ पर्यटकलाई सन्तुष्ट बनाउन सकिएला ? राज्यले योजना तथा कार्यक्रम सार्वजनिक मात्रै गर्ने अनि सधैँ नीजि क्षेत्रको ढाँड सेक्ने गरी कार्यान्वयन पनि अन्तिम चरणसम्म हुन नदिने कसरी पर्यटन प्रबद्र्धन हुन्छ ।

विश्व अहिले ग्लोबलाईजेसन भईसकेको छ । हामी अत्यन्तै संवेदनशील क्षेत्रमा काम गरिरहेका छौं । हामीले दिने सेवामा थोरै पनि कमजोरी फेला प¥यो भने, एक सेकेण्डमै छवि धमिलिन पुग्छ । तसर्थ, राज्यको सहयोगमा नीजि क्षेत्र पर्यटन विकासमा सहकार्य गर्न तयार छ । राज्यले उचित वातावरण तयार गरिदिनु पर्छ ।

प्रस्तुति : ईश्वर देवकोटा

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.