www.tandavnews.com
Fact ~ In search of truth

कास्कीकै सबै भन्दा लामो र अग्लो झोलुंगे पुल घान्द्रुकमा

पर्वत ः कास्की जिल्लाकै सबै भन्दा अग्लो र लामो झोलुंगे पुल अन्नपूर्ण गाउँपालिका ११ स्थित घान्द्रुकको झिनुमा निर्माण भएको छ । अन्नपूर्ण पदमार्ग अन्तरगतको साम्रोङखोला माथी निर्माण भएको उक्त पुल २८५ मिटर लामो र १३५ मिटर उचाइको छ । हङकङमा रहेका नेपाली तथा व्रिटिस वेलफेयर सर्भिस (कादुरी) को तीन करोड ३५ लाख रुपैयाँ आर्थिक र प्राविधिक सहयोगमा पुल बनेको हो । पुल निर्माण गर्न स्थानीयहरुले जनश्रमदान गरेका थिए ।

पुलले अन्नपूर्ण आधारशिविरमा जाने पर्यटकका साथै अन्नपूर्ण गाउँपालिकाका चार वटा वडाका बासिन्दालाई आउजाउ गर्न सहज भएको छ । खोलामा रहेको पुरानो पुलबाट यात्रा गर्दा जोखिम बढेपछि नयाँ पुल निर्माण गरिएको अन्नपूर्ण गाउँपालिका वडा नं. ११ का अध्यक्ष तथा पुल निर्माण समितिका अध्यक्ष हिमबहादुर गुरुङले जानकारी दिए ।

‘यो पुल निर्माण हुनुभन्दा पहिले झिनुबाट खोला पार गर्दा गहिरो गल्छी, निरन्तर ढुंगा झरिरहने पहिरो पार गर्नुपर्ने अवस्था थियो,’ उनले भने, ‘वर्षायाममा गहिरो र अँध्यारो खोंच पार गर्दा यात्रुहरुले धेरै जोखिम मोल्दै आएका थिए ।’

Batas

पुल निर्माण भएसँगै पदर्माको करिब एक घण्टाको बाटो छोटिएको छ । जसबाट घान्द्रुकका झिनु, छोम्रोङ, साम्रोङ, ताउलु गाउँवासीलगायत अन्नपूर्ण आधार शिविर जाने आउने सयौं पर्यटकहरु लाभान्वित हुने बताइएको छ। यही मार्ग हुँदै गत वर्ष अन्नपूर्ण आधार शिविरमा ३५ हजार विदेशी पर्यटक पुगेका थिए भने त्यति नै संख्यामा नेपाली पर्यटक पनि पुगेको अन्नपूर्ण क्षेत्र संरक्षण आयोजना (एक्याप)ले जनाएको छ ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.