www.tandavnews.com
Fact ~ In search of truth

ग्लोबल ईन्टरनेशनल रिक्रुटमेन्ट मेन पावरको ठगी

पोखरा
ताण्डव न्यूज ।

पोखरा नागढुङ्गामा रहेको ग्लोबल ईन्टरनेशनल रिक्रुटमेन्ट प्रालि मेन पावरलाई ठगिको आरोप लागेको छ ।

९ जनालाई कतारमा काम गर्न लैजाने भन्दै ग्लोबलले ठगि गरेको उजुरी बैदेशिक रोजगारका लागि सुरक्षित आप्रवास (सामी) परियोजना सूचना तथा परार्मश केन्द्रमा परेको हो ।

Batas

६ महिना अघि कतार लैजाने भन्दै ग्लोबल मेनपावरले एक जनासँग १ लाख ६० हजार रुपैयाँ लिएपनि अझैँसम्म नपठाएको भन्दै पीडितले सामी परियोजनामा उजुरी दिएका हुन् ।

आफूहरु अन्यायमा परेको तनहुँका देउ बहादुर श्रेष्ठले बताए । ‘६ महिना अघि पैसा बुझाएको हो, न त हामीलाई लैजान्छ न त पैसा फिर्ता दिन्छ,’ उनले भने, ‘झुलाएर राखेको छ । फोन गर्दा ब्याजसहित दिन्छु भन्छ । अझैँसम्म केही पाएका छैनौं ।’ सुरुमा ९ जना मध्ये ६ जनालाई कतार पठाएको उनले सुनाए ।

‘६ जना त कतार पुगे तर उनीहरुले काम पाएका छैनन्,’ उनले भने, ‘एउटा मेरै गाउँको साथी पनि छ ऊ पनि अब एक दुई महिनामा फर्किदै छ ।’

सामी परियोजनामा श्रेष्ठसहित विशाल रोक्का, विनोद अधिकारीको नाम गुनासोको रुपमा आई पुगेको हो ।

श्रेष्ठका अनुसार ३ जनालाई कतार लाने भनेर काठमाडौंमा विचल्ली परेका थिए ।

‘हामी उड्ने भनेर घरबाट हिडियो,’ उनले भने, ‘काठमाण्डौं बसपार्कमा रहको लक्ष्मी होटलमा २० दिन खाने बस्ने गरेर पैसा मास्ने काम मात्र भयो ।’

ग्लोबल मेन पारवले ८ घन्टा काम गरेको कतारी १८ दिने भनेको थियो तर काठमाडांैको दलालले १५ सय मात्र दिने भनेपछि झन् शंका उब्जेको उनले सुनाए ।

‘पुग्न पाएको छैन कुरा फेरिएपछि झन् नमज्जा लाग्यो,’ उनले भने, ‘अनि भिसा आउनु अघि नै पैसा मागेर लियो तर भिसा आएन ।’

उनीहरुलाई कतारको एक होटलमा काम गर्न पठाउने भनेका थिए । श्रेष्ठका अनुसार ३ जना मध्ये एक जना राजु परियार भन्ने लमजुङका हुन ।

ग्लोबलका सञ्चालक लक्ष्मण थापाले यस विषयमा ताण्डव न्यूजसँगको फोन सम्पर्कमा कुरा खुलाउन चाहेनन् ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.