www.tandavnews.com
Fact ~ In search of truth

गण्डकी मेडिकल कलेजले शुल्कमा लफडा गरेपछि विद्यार्थीको विरोध (फोटो फिचर)

माधव भुसाल
पोखरा, ताण्डव न्यूज ।

गण्डकी मेडिकल कलेज पोखराले विभिन्न बहानामा विद्यार्थीहरुसँग शुल्क असुल गरेको भन्दै विद्यार्थि विरोधमा उत्रिएका छन् । उनिहरुले विना शिर्षक असुलिएको विद्यार्थीहरुको रकम फिर्ता गर्नुपर्ने माग गर्दै आज नयाँबजार सडकमा विरोध र्याली निकाले ।

Batas

विद्यार्थीहरुले मेडिकल कलेजसमक्ष ४ बुँदे माग पेस गरेका छन् । अतिरिक्त शुल्क तुरुन्त फिर्ता गर्ने, सरकारको निर्णय कार्यान्वयन गर्ने, विद्यार्थीहरुले तिरेको सम्पूर्ण रकमको बिल उपलब्ध गराउन र शुल्क भुक्तानिको विषयलाई लिएर विद्यार्थीहरुलाई परीक्षामा सामेल हुने र परीक्षाफल हेर्नमा रोक नलगाउन उनिहरुले माग गरेका छन् ।

प्रशासन समक्ष बारम्बार कुरा राखिरहँदा समेत सुनुवाई नभएपछि आन्दोलनमा उत्रिनु परेको विद्यार्थीहरुले बताएका छन् । विद्यार्थीहरुले अर्घौचोकमा रहेको कलेजको बेसीक बिल्डीङमा तालाबन्दी गरेको जनाए ।

यस विषयमा प्रशासन गम्भिर नदेखिए विरोधका कार्यक्रम अझै सशक्त गराउने विद्यार्थीहरुको भनाई छ ।

सबै तस्विर : माधव भुसाल /ताण्डव न्यूज ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.