www.tandavnews.com
Fact ~ In search of truth

फेरी समातियाे १८ किलाे सुन !

ताण्डव न्यूज ः कञ्चनपुर प्रहरीले ठूलो मात्रमा अवैध सुन बरामद गरेको छ ।

प्रहरीले कञ्चनपुरको पुर्नबास नगरपालिका २ दशरथ बस्तीबाट बिहीबार बिहान १८ किलो बरामद गरेको हो। केन्द्रीय अनुसन्धान व्यूरो, अपराध अनुसन्धान महाशाखा र जिल्ला प्रहरी कार्यालय कैलाली र कञ्चनपुको टोलीले उक्त परिमाणको सुन बरामद गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक आभूषण तिम्सिनाले जानकारी दिए।

उनका अनुसार बिहीबार बिहान करिब ११ बजे सुन बरामद भएको हो। प्रहरीले सुनसहित एक जनालाई पक्राउ गरेको छ। प्रहरीले पक्राउ परेका व्यक्तिको विवरण खुलाएको छैन। बिस्तृत विवरण आउन बाँकी रहेको छ ।

Batas

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.