www.tandavnews.com
Fact ~ In search of truth

प्रवासी नेपाली मञ्च मकाउको बधाई तथा शुभकामना कार्यक्रम

चीन, मकाउ
ताण्डव न्यूज ।

राज्यको पुर्नसंरचनासँगै नेपालमा सम्पन्न भएका तीनै तहका निर्वाचनको नतिजा र वाम गठबन्धनबाट बनेको सरकारलाई स्वागत गर्दै नेकपा एमाले निकट प्रवासी नेपाली मञ्च मकाउले बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न गरेको छ ।

नेपालबाट चीनको मकाउ प्रान्तमा गएर विभिन्न पेसा, व्यवसाय वा रोजगारी गरिरहेका नेपालीहरु बीच स्थापना गरिएको प्रवासी नेपाली मञ्चले नेपालको राजनीतिक गतिरोध अन्त्य भएको र स्थायी सरकार बनेको खुसियालीमा सो कार्यक्रमको आयोजना गरेको हो ।

Batas

कार्यक्रमको प्रमुख अतिथिको आथित्य गर्दै प्रवासी नेपाली मञ्च हङकङकी कार्यवाहक अध्यक्ष वसन्तकुमारी राईले प्रवासी मञ्चले नेपालीहरुको मन जोड्ने काम गरेको बताईन ।

प्रवासमा रहेका दाजुभाइ तथा दिदीबहिनीहरुलाई आइपर्ने समस्याहरु समाधान गर्न पनि प्रवासी मञ्चले अहम् भूमिका खेलेको बताउँदै मञ्चलाई थप व्यवस्थित बनाएर लैजान सुझाव दिइन ।

राईले जननेता स्वर्गीय मदन भण्डारीलाई स्मरण गर्दै आफ्ना पुराना राजनैतिक अनुभवहरू व्यक्त गरिन । अध्यक्ष एवं प्रधानमन्त्री केपि ओली सरकारको ५ बर्षको कार्यकालले आगामी ५० बर्षसम्म कम्युनिस्ट सरकारको आधार तयार हुने दाबि गरिन ।

कार्यक्रममा बोल्दै एनआरएनए मकाउका युवा संयोजक चिरन्जिबी पौडेलले प्रवासी मञ्चलाई थप विस्तार गरी संगठनलाई दरिलो बनाउन आग्रह गरेका गरे ।

प्रवासी मञ्च मकाउका बरिष्ठ उपाध्यक्ष कृष्णबहादुर अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा आईसीसी सदस्य मुकेश कुमार बरूवाल, एनआरएनए मकाउका उपाध्यक्ष राजकुमार गुरुङ् र प्रवासी नेपाली मन्च मकाउका सल्लाहाकार राजेश प्रसाईको अतिथिको रुपमा उपस्थिती रहेको थियो ।

कार्यक्रमको संचालन गर्दै मञ्चका महासचिव उत्तम गुरुङ्ले मञ्चको वर्तमान अवस्था र राष्ट्रिय राजनीतिको बारेमा समेत आफ्ना धारणाहरू राख्दै मञ्चलाई मकाउमा अवस्थित सबै नेपालीहरूको साझा संगठनका रूपमा स्थापित गरिने प्रतिबद्धता जनाएका थिए ।

सन् २०१६ मा स्थापित नेपाली प्रवासी मञ्च मकाउको उक्त कार्यक्रममा मकाउमा रहेका नेकपा एमाले समर्थीत कार्यकर्ता तथा शुभचिन्तकहरूको उत्साहपूर्ण सहभागिताका रहेको थियो ।

 

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.