www.tandavnews.com
Fact ~ In search of truth

गुलाबी माया…

कठ्यांग्रिदो जाडोबाट न्यानो बन्दै गएको मौसम । मौसमसँगै खुलेको माछापुच्छ«े त्यसै माथि प्रेमिल महिना मानिने फेब्रुअरीमा पोखरा झनै प्रेमिलो बनेको छ । ताल र हिउँको घुम्टो ओढेको हिमालले पर्यटकलाई हरदम लोभ्याइरहन्छन् यहाँ ।

केही दिन अघि प्रेम दिवसका लागि भारतबाट करोडौँ पर्ने गुलाफ आयात गरिँदै भन्ने समाचार पनि पढिएको थियो । केही वर्ष अघिसम्म हेर्ने हो भने पनि भ्यालेन्टाइन डे अर्थात् प्रेम दिवस हाम्रो पहुँचमा पुगेको थिएन ।

पछिल्लो दश वर्षको यो समय जब हामी इन्टरनेटको पहुँचमा पुग्यौँ, एन्ड्रोइड फोनले हातहातमा सामाजिक सञ्जाल पु¥यायो, गाउँदेखि गाउँसम्म देशदेशी परदेशसम्मको भावनात्मक दुरी नजिकियो । सम्बन्ध, चालचलनहरू समय अनुसार परिष्कृत हुँदै गए । केही परिमार्जित हुँदै गए, कुनैले बोझ थप्दै गए । उसो त प्रेम बाँडेकै राम्रो तर प्रेम यतिविधि महङ्गो नि नहोस् कि प्रेम साटासाट गर्नकै लागि बजेट नै छुट्याउनु परोस् ।

Batas

विशेषतः क्याम्पस पढ्ने उमेरका युवायुवतीबीच प्रेम दिवसले बढी महत्व राख्छ । सामाजिक सञ्जालमा पेजतिर धेरैजसो सोही उमेर समूहका ब्यक्तिका पोस्ट र कमेन्ट नै देखिन्छन् । केही अभिलाषाका पोस्ट, केही उत्सुकताका पोस्ट, केहीको प्रस्ताव स्वीकार नगरिएकोमा निरासाजनक पोस्ट, केहीका प्रेमी प्रेमिका टाढा भएरसँगै प्रेम दिवस नभएका पोस्ट, केहीका प्रेमी प्रेमिका नै नभएका वैरागी पोस्ट । यी अचम्मलाग्दा पोस्टहरू पढ्दा केही रमाइला त केही दिक्क लाग्दा पनि देखिन्छन् ।

रमाइलोको लागि भनेर फेसबुक तिरै एउटा पोस्ट सेयर गरिएको थियो । प्रेम दिवस मनाएकी युवती प्रेम दिवस पछि भनेर गर्भवती भएको कार्टुनबारे पोस्ट थियो त्यो । पे्रम दिवस भन्ने बित्तिकै शारीरिक सम्बन्ध, शारीरिक निकटता भन्दै ब्याख्या गर्न खोजे जस्तो देखाउँथ्यो त्यो पोस्टले । प्रेम बाँड्ने, प्रेम मनाउने विषयलाई पनि हामीले आफ्नै शैलीले यति गजबले व्याख्या गरिदियौँ कि दिवस के कारणले मान्न सुरू गरियो ? भन्ने विषय अहिले न चासो न चर्चाको विषय बनेको छ ।

बस् मेरा यो भएनन् मेरा त्यो भएनन् मैले यो पाएँ र त्यो पाएँ भनेर एउटाले गरेको पोस्ट धेरैको टाउको दुखाइको विषय बनिदिन्छ । उसले फलानो थोक दियो मेरा लागि खोई ? उसले त यस्तो उपहार ल्याइछे मेरा लागि खोई भन्दै दिवस मनाइँदिँदा एउटा प्रेम दिवसबाट सुरू भएको सम्बन्ध अर्को दिवससम्म पुग्दा घाइते बनिसकेको हुन्छ । उपहारमा अल्झिएका सम्बन्धको पाङ्ग्रा मजबुत पनि देखिँदैन । अझ प्रेम दिवसमा त उपहार दिने दायित्व पुरूषको मात्रै हो भनेर बुझिएको छ ।

कुनै विषय पनि यति परिमार्जित नहोस् कि सुन्दै टाउको दुखाइको विषय नबनोस् । प्रेम एउटा समूहले मात्रै गर्ने, प्रेम एउटा समयभित्र मात्रै गरिने भन्ने बुझाइ बन्नु पनि गलत कुरा हो ।

अबको दश वर्ष पछिको प्रेम दिवसको कुन हविगत् होला ? अचेलका वर्षहरूले देखाएको प्रेम दिवसले यस्तै यस्तै जनाउँछ । प्रेम दिवसमा प्रहरीले ‘रेड हानेर’ उसैको भनाइमा विकृति कम गर्नुपर्ने जति पनि व्यापक नबनोस् । प्रेमी प्रेमिका नभएका व्यक्तिका लागि प्रेम दिवस ग्लानीको पर्व पनि नबनोस् ।

प्रेमले एक आपसमा हिम्मत थपोस् । आपसमा प्रेम साटासाट होस् । समय प्रेमिल बनोस् । चाहे आमाबाबु र छोराछोरी, साथीभाइ, दाजुभाइ दिदीबहिनी, श्रीमान् श्रीमती वा प्रेमी प्रेमिका । यी उल्लिखित सबै सम्बन्धहरू केही भावनाले जोडिएका छन् त केही रगतको साइनोले जोडिन पुगेका हुन् । सबै सम्बन्धहरूमा प्रेम र सम्मानको आवश्यकता पर्छ ।

प्रेम एकहोरो भयो भने सम्बन्धले निरन्तरता पाउँदैन वा निरन्तरता पाएपनि सम्बन्ध देखावटी मात्रै बन्न पुग्छ । यसर्थ प्रेम गर्न दिवस नै नपर्खौँ, दिवसले त उत्सुकता र आशा मात्रै थपिदिने हो । एक दिवसबाट सुरू भएका सम्बन्ध जुगौँ चलून् । प्रेम सधैँभरी नै होस् बिना स्वार्थ ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.