www.tandavnews.com
Fact ~ In search of truth

‘कास्कीमा गुन्डागर्दी नियन्त्रण’

पोखरा
ताण्डव न्यूज ।

कास्कीमा गुण्डा गर्दी नियन्त्रण भएको एक कार्यक्रमका वक्ताहरुले बताएका छन् । पल्छिलो समय जिल्ला प्रहरी कार्यालय कास्कीले गुण्डागर्दीमा सक्रिय टोले गुण्डालाई सुधार्ने काम गरेको उनीहरुको भनाई थियो ।

लेखनाथमा वृहत नागरीक सुनुवाई तथा भित्तेपात्रो विमोचन कार्यक्रममा बोल्दै सहभागिले जनताले प्रहरीलाई जहिलेपनि सहयोग गर्न तयार रहेको बताए । सहभागिहरुले लेखनाथमा नयाँ डिएसपी आएपछि निकै राम्रो काम भएको बताए ।

Batas

जिल्ला प्रहरी कार्यालय कास्कीको आयोजना तथा सामुदायिक सेवा केन्द्र एवम सामुदायिक प्रहरी सेवा केन्द्र लेखनाथको सह आयोजनामा सो कार्यक्रम भएको हो ।

कार्यक्रममा बोल्दै जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख तथा एसपी अशोक सिंहले समाजमा शान्ती सुरक्षा कायम गर्न कुनै कमी कमजोरी नरहने बताए । ‘हाम्रो जिम्मा र दायित्वमा कुनै कमीकमजोरी रहदैन,’ उनले भने, ‘प्रहरी र जनता मिलेर अघि बढ्नु पर्छ जसको परिणाम निकै सकारात्मक आउँछ ।’

गुण्डागर्दीलाई जोड्दै एसपी सिंहले गुन्डागर्दी पूर्ण रुपमा नियन्त्रणमा आएको बताए । ‘गुण्डागर्दी गर्ने र उनीहरुलाई सहयोग गर्नलाई पनि कानुनी दायरामा ल्याएका छौं,’ उनले भने, ‘गुण्डागर्दी विरुद्ध प्रहरी सधंै खरो रुपमा उत्रिने छ ।’

सामुदायिक सेवा केन्द्र एवम सामुदायिक प्रहरी सेवा केन्द्र लेखनाथका अध्यक्ष लेकेन्द्र बजगाईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णहरि भण्डारी, ईलाका प्रहरी कार्यालय शिसुवाका प्रमुख तथा डिएसपी गोविन्द पुरी, सामुदायिक सेवा केन्द्र एवम सामुदायिक प्रहरी सेवा केन्द्र कास्कीका अध्यक्ष विष्णुबहादुर भट्टराई लगायतले बोलेका थिए ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.