www.tandavnews.com
Fact ~ In search of truth

१७ फोटोमा हेरौँ ! ज्ञानेन्द्र शाहको विन्ध्यावासिनी दर्शन

माधव भुसाल
पाेखरा, ताण्डव न्यूज । 

पूर्व राजा ज्ञानेन्द्र शाह आफ्नो झण्डै दुइ साताको निजी भ्रमणको क्रममा गत सोमबारदेखि पोखरामा छन् । ज्ञानेन्द्र शाह र कोमल यतिबेला विभिन्न धार्मिक कार्यक्रमहरुमा पनि सरिक भइरहेका छन्।

शनिबार ज्ञानेन्द्रले पोखराको विन्ध्यावासिनी मन्दिरमा पुजाआजा गरे। भैरव टोलदेखि करिब १० मिनेट हिँडेरै मन्दिर पुगेर ज्ञानेन्द्रले पुजाआजा गरे। उनको स्वागतमा स्थानीयहरु भेला भएका थिए।

Batas

विन्ध्यावासीनी मन्दिरमा पाँच मिनेट पुजा आजा गरेका ज्ञानेन्द्रले विन्ध्यावासीनी भित्रकै शिव मन्दिरमा भने १० मिनेट भन्दा धेरै समय विताए। उनले त्यहाँ रहेको राम सिता, लगायत अन्य भगवानको मन्दिरमा पुजा गरे।

राजाको स्वागतमा शिव सेना नेपाल, राप्रपा नेपालका कार्यकर्ताहरु समेत खटिएका थिए। उनीहरुलाई बाजागाजाका साथ स्वागत गरिएको थियो। अंग्रेजी नयाँ वर्ष समेत मनाउने गरेर आएका पूर्व राजा परिवारका सदस्य सहित पोखरा भ्रमणमा आएका हुन्।

ज्ञानेन्द्रको परिवार पोखराको माउण्ट ग्लोरी होटलमा बसेका छन्।

सबै तस्विर : माधव भुसाल

 

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.