www.tandavnews.com
Fact ~ In search of truth

ज्ञानेन्द्र शाहीलाई कास्कीमा ‘नो इन्ट्री’ !

पोखरा
ताण्डव न्यूज ।

सत्तारुढ दलका युवाहरुले ज्ञानेन्द्र शाहीलाई कास्कीमा प्रवेश निषेध गर्ने बताएका छन् । शाही गलत अभियानमा संलग्न भएको उल्लेख गर्दै निषेध गरिएको जनाइएको छ ।

राष्ट्रिय युवा संघ नेपाल कास्कीले विज्ञप्ती जारी गर्दै महत्वपुर्ण उपलब्धीहरुको विरुद्धमा केही उच्छृङ्खल अराजक एवं प्रतिगामी प्रवृत्तिका ब्यक्ति र समूहको अस्वभाविक चलखेल प्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।

Batas

साविक वाइसिएल नेपाल कास्की अध्यक्ष भोजराज पौडेल र साविक युवासंघ नेपाल, कास्कीका अध्यक्ष डिल्लीराम सुवेदीद्धारा हस्ताक्षरीत विज्ञप्तीमा भनिएको छ‘ फेसबुक, ट्वीटर, युट्युव लगातका सामाजिक संजालहरुको दुरुपयोग गरी समाजमा भ्रम सिर्जना गर्न खोज्ने, द्धन्द्ध सिर्जना गर्न उक्साउनेहरु, पछिल्ला उपलब्धी र परिवर्तनको विरोधी तत्वहरुबाट प्रायोजित तथा सञ्चालीत छन् ।’

केही दिनअघि पर्यटन मन्त्री योगेश भट्टराइकै कारण निर्धारित समयमा प्लेन नउडेको विषयलाई लिएर शाहीले विभिन्न प्रतिक्रिया दिँदै आएका छन् ।

आफुलाई भ्रष्टाचार विरोधि अभियान्ता बताउने शाहीले नेपालगञ्जबाट काठमाडौँ आउन लागेको बुद्ध एयर मन्त्रीको कारण डिले भएको भन्दै प्लेनमै बाझाबाझ गरेका थिए । नागरिक उड्डययन ऐन विपरित प्लेनमा चढिसकेका शाही र केही यात्रु प्लेनबाट झरेर नारावाजी समेत गरेका थिए ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.