www.tandavnews.com
Fact ~ In search of truth

विश्वकै कान्छा फिल्म निर्देशकको ‘हैरान’ जेठ ४मा , खर्चले करोड नाघ्यो

पोखरा
ताण्डव न्यूज ।

विश्वकै कान्छा निर्देशक सौगात बिष्टको निर्देशनमा बनेको फिल्म ‘हैरान’ जेठ ४मा रिलिज हुँदैछ । रिलिज डेट नजिकिदें गर्दा फिल्मको बजेट करोड नाघेको निर्देशक बिष्टले जनाए ।

बिहीबार पोखरामा आयोजीत पत्रकार सम्मेलनमा बोल्दै बिष्टले फिल्म मेकिङमा कुनै सम्झौता नगरेका कारण करोड नाघेको उल्लेख गरे । ‘फिल्म बनाउँदा कुनैपनि टेक्निकल कुरामा सम्झौता गरिएको छैन’ उनले भने ‘रेड क्यामेरा प्रयोग गरिएको फिल्ममा स्टोरी अनुरुप नै विभिन्न उपकरणहरु प्रयोगमा ल्याइएको छ ।’

Batas

फिल्मको कथा गम्भिर बिष्टले लेखेका हुन् । उनका अनुसार अहिलेको समाजको कथालाई पर्दामा उतारिएको छ । ‘युवा, राजनीति र समाजमा के कुराहरुले हैरानीमा परेका छन् त ? यहिं विषयलाई फिल्ममा समावेश गरिएको छ’ उनले भने ।

कलाकार सागर लम्साल, जो भद्रगोल टेलिफिल्ममा ‘बले’ क्यारेक्टरले चर्चित छन् उनले यस फिल्ममा आफ्नो क्यारेक्टर ‘बले’सँग मेल नखाने जनाए । अहिलेसम्म धेरै फिल्मको अफर आएपनि हैरानको कथा राम्रो लागेकाले काम गरेको उनले सुनाए ।

हैरानबाट डेब्यु गरेकि अभिनेत्री आरोही शर्माले फिल्ममा आफु रिपोर्टरको भुमिकामा रहेको बताइन् ।

कमेडी जनरामा निर्माण गरिएको फिल्ममा गजित बिष्ट, सत्यराज आचार्य, सरोज खनाल, मोहमद वसिम राजा, बुद्धि तामाङ, निश्मा घिमिरे, आरोही शर्मा, पुष्कर रेग्मी, सागर लम्साल, एन्जल राई लगायतका कलाकारको मुख्य भुमिका रहेको छ।

डान्स फेभरको ब्यानरमा निर्मित फिल्ममा मुक्ति घले , सृष्टि घिमिरे, डाक्टर वाई.एल लामाको लगानी छ। सम्झना पोखरेल फिल्मकी कार्यकारी निर्मात्री हुन ।

फिल्ममा चन्द्र पन्तको द्वन्द ,सत्यराज आचार्य, स्वरूपराज आचार्य ,किरण कडेल , राजन इशान र सन्तोष श्रेष्ठको संगीत रहेको छ ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.