www.tandavnews.com
Fact ~ In search of truth

आठौँ राष्ट्रिय खेलकुद ः हक्कीमा गण्डकी र प्रदेश २ बराबरी रोकिए

ताण्डव न्यूज, पोखरा ।

आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शुक्रबार भएको पुरुष हक्की प्रतियोगितामा गण्डकी प्रदेश र प्रदेश २ ले बराबरी अंक बाँडेका छन्। प्रतियोेगितामा गण्डकी प्रदेशका खेलाडी राजन नेपालीले खेलको ३९ औँ मिनेटमा पहिलो गोल गरे।

उत्रिए पनि खेलको अन्त्यतिर प्रदेश २ का अर्जुन खड्काले ५१ औँ मिनेटमा गोल गरेपछि खेल बराबरीमा रोकियो। त्यसैगरि शुक्रवार बिहान भएको दोस्रो खेलमा नेपाल पुलिस क्लव ३(० गोलले विजयी भएको छ। प्रदेश ३ सँग भएको खेलमा पुलिसले लगातार दवावमा राखेको थियो।

खेलको ६ औँ र ५० औँ मिनेटमा प्रहरीका रोमण राणाले दुई गोल गरे। प्रहरीको तर्फबाट १४ औँ मिनेटमा राजेन्द्र कार्कीले गोल गरेको हक्कीका मुख्य प्रशिक्षक विजयन्त शर्मा ९पिन्टु० ले जानकारी दिए। शुक्रवार बेलुकी प्रदेश ५ र कर्णाली प्रदेशवीच हुने भएको आयोजकले जनाएको छ।

Batas

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.