www.tandavnews.com
Fact ~ In search of truth

आठौँ राष्ट्रिय हक्की प्रतियोगितामा पुलिससँग हार्याे गण्डकी प्रदेश

ताण्डव न्यूज ।
आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत बिहीबार भएको पुरुष हक्की प्रतियोगितामा नेपाल पुलिस क्लबको सामुन्ने गण्डकी प्रदेश स्तब्ध भएको छ। बिहीबार बिहान भएको पहिलो खेलमा नेपाल पुलिस क्लब ५–० गोलले विजयी भएको हो।

गण्डकी प्रदेशलाई प्रतियोगिता अवधिभर दबाबमा राखेका नेपाल पुलिसका तर्फबाट पाँच गोल रोमन राणाले गरे। उनले खेलको १० औँ, १२ औँ, ३८ औँ, ४५ औँ र ५५ औँ मिनेटमा गोल गरेका हुन्। प्रतियोगितामा पुलिसले धेरै पेनाल्टी कर्नर पाए पनि अवसरलाई सदुपयोग गर्न सकेन। पुलिसले सात र गण्डकी प्रदेशले दुई पेनाल्टी कर्नर पाएको हक्कीका मुख्य प्रशिक्षक विजयन्त शर्मा पिन्टुले जानकारी दिए।

पुलिस क्लबमा प्रदेश ५ को टिमबाट खेलिसकेका सात जना खेलाडी समावेश रहेका छन्। अहिले नेपाल आर्मी र प्रदेश २ बीच दोस्रो खेल भइरहेको छ। बेलुकी तेस्रो खेल कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश बीच हुने छ।

Batas

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.