www.tandavnews.com
Fact ~ In search of truth

‘स्वस्थ हुन स्क्रिनिङ टेस्ट गरौं’

पोखरा ।

सन्तुलित भोजन, व्यवस्थित जीवनशैलीसँगै स्वस्थ हुन रोग लागेको आशंका भएमा र स्वस्थ भए पनि समय समयमा स्वास्थ्य जाँच गर्नुपर्नेमा जोड दिइएको छ । स्वस्थ्यबारे जनचेतना र सेवा, सुविधा जनस्तरसम्म फैलिँदै गए पनि रोगको मुख्य कारण लापरवाही र अव्यवस्थित जीवनशैली भएको उनीहरुले औंल्याए ।

प्रजातन्त्रवादी प्राध्यापक संघ, पृथ्वीनारायण क्याम्स एकाइ समितिले शनिबार आयोजना गरेको मधुमेह तथा रगतम हुने खराब बोसोसम्बन्धी निशुल्क रक्त परीक्षणका वक्ताहरुले यस्तो बताएका हुन् । वरिष्ठ मुटु रोग विशेषज्ञ डा. रामचन्द्र काफ्लेले मधुमेह, खराब बोसो, उच्च रक्तचाप, थाइराइड जस्ता बढी देखिने रोगबाट जोगिन सहभागीलाई आग्रह गरे ।

Batas

उनले व्यस्त जीवनशैली, तनावपूर्ण दैनिकी, स्वास्थ्यसम्बन्धी साना समस्या हुँदा लापरवाही, खानपानमा हेलचेक्र्याई जस्ता कारणले नसर्ने रोगहरुको प्रकोप बढ्दै गएको उल्लेख गरे ।

उनले भने, ‘पहिले अधवैसेहरुलाई देखिने मुटुका समस्या अहिले किशोरकिशोरीलाई नै देखिन थालेको छ ।’ उनले रोगलाग्नुभन्दा पहिला नै समय समयमा परीक्षण गरी पूर्व सावधानी अपनाउन र लागिसकेको भए उचित उपचार गरी रोगलाई नियन्त्रण राख्न वा निमूल गर्न आग्रह गरे ।

पोखरा, न्युरोडमा रहेको युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि(युआरएल)ले प्राविधिक सहयोग गरेको शिविरमा ३ सय ४२ जनाको सित्तैमा परीक्षण गरिएको छ ।

युआरएलका प्रबन्ध निर्देशक ठाकुरप्रसाद पन्तले हालसम्म संस्थाले गरेका ५१ शिविरमा ३० हजार भन्दा बढीलाई सित्तैमा सेवा दिइसकिएको जानकारी दिए ।

गुणस्तरीय स्वास्थ्य सेवाको पहुँचबाट धेरै नेपाली अझै टाढा रहेकाले सामाजिक उत्तरदायित्व निर्वाह गरी उनीहरुलाई सेवा दिन सबै स्वास्थ्य संस्था लाग्नुपर्ने उनको भनाइ छ ।

संघका अध्यक्ष दीपेन्द्र पराजुलीको अध्यक्षतामा भएको कार्यक्रम सञ्चालन सचिव वोधराज ढकालले गरेका थिए ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.