www.tandavnews.com
Fact ~ In search of truth

क्यान्सर पीडित बालकलाई वि क्यान डु (सहयोगी हातहरु) को सहयोग

पाेखरा । 

वि क्यान डु (सहयोगी हातहरु) युवाहरुको गु्रपले ब्लड क्यान्सर पीडित बालक अुर्जन गौतमलाई १५ हजार ५ सय ५५ रुपैयाँ नगद सहयोग गरेको छ ।

करले होइन रहरले सहयोग गरौं भन्ने मूल नारा सहित उक्त गु्रपले भरतपूर क्यान्सर अस्पतालमा उपचाररत अर्जुनलाई सहयोग नगद हस्तान्तरण गरेको हो ।

Batas

सानो रकम भएपनि गु्रपको संलग्नतामा पीडित बालकलाई हस्तान्तरण गर्न पाउँदा थप जिम्मेवारी बोध भएको गु्रपका अध्यक्ष जगत ढुङ्गानाले बताए ।

साथै, गु्रपले चितवनमा समेत लोकेश कडेंलको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति विस्तार गरेको छ । जसमा उपाध्यक्षमा सजिना पौडेल, सचिव गितान्जलि महतो, सहसचिव निशा शर्मा, कोषाध्यक्ष समीक्षा पौडेल, सदस्यहरुमा जनक रानाभाट, योगिता बराल, एलिसा सुनार, बिक्रम भुवाई रहेका छन् ।

त्यस्तै, गु्रपको दक्षिण कोरियामा पनि नयां कार्यसमिति चयन भएको छ । नारायण सुवेदीको अध्यक्षतामा गठन भएको कमिटीमा उपाध्यक्ष गौतम आचार्य, सचिव प्रकाश रिजाल, कोषाध्यक्ष गणेश बराल र सदस्यहरुमा सुरज श्रेष्ठ रहेका छन् ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.