www.tandavnews.com
Fact ~ In search of truth

दशौ हेमजा आलु महोत्सव यहि चैत २२ देखि सुरु

पोखरा,
ताण्डव न्यूज ।

हेमजालाई व्यवसायीक कृषि क्षेत्रको रुपमा राष्ट्रिय तथा अन्तराष्ट्रियस्तरमा चिनाउने उद्देश्यसंगै दशौं राष्ट्रिय हेमजा आलु महोत्सव –२०७५ आयोजना हुने भएको छ ।  ‘सुन्दर ठाउँ हेमजा जाउँ, आलुका स्वादिष्ट परिकार खाउँ, आलु एक परिकार अनेका’ भन्ने नाराका साथ चैत २२ गतेदेखि बैशाख १ गतेसम्म महोत्सव हुन लागेको हो ।

२०४५/४६ सालदेखि केहि मात्रमा आलुखेतीको बिस्तार भएको २०५४/५५ सालमा लुम्ले कृषि केन्द्रले आफनो बाह्य अनुसन्धान स्थल स्थापना गरे पश्चात हेमजामा आलुखेतीको व्यावसायिकता बढेको देखिन्छ । आलुखेतीको इतिहास हेर्दा लेतेको वर्षे सेतो आलु, घान्दु्रक र छोम्रोङ्गबाट रातो डल्लो आलु ल्याई खेती गर्ने गरेको देखिन्छ ।

Batas

हेमजाको आलुखेतीको वर्तमान अवस्थालाई हेर्ने हो भने हेमजामा आलुले मात्र १७०००.२७ क्षेत्रफल उत्पादन २१०८३.३५ टन भएको देखिन्छ ।

हेमजामा लगाउने एम.एस ४२, कूफ्रज्योति, खुमल लक्ष्मी, जनकदेव, खसमल सेतो, डेजीरे रहेको छ । त्यसमा पनि पोखराका उपभोक्ताहरुले साह्रै मन पराउने आलु भनेको एम.एस ४२ हो ।

महोत्सवका लागि आइतबार गरिएको पत्रकार सम्मेलनमा बोल्दै कृषि विकास निर्देशनालय गण्डकीका बरिष्ट अधिकृत श्याम रिजालले आलु खेती गर्दा अनुसन्धान गरिएको बीउबाट नै किसानलाई सजिलो हुने बताए । ‘पोखराका आलुलाइ धेरै रोग लाग्छ,’ उनले भने, ‘त्यसैले सुरुमा लगाउँदा लेकबाट आलुका बीउ ल्याई लेकको बीउ लगाइएको हो ।’

हेमजामा उत्पादन भएको आलुको छुट्टै स्वाद रहेको क्षेत्रीय अनुसन्धान केन्द्रका कृषि अधिकृत धर्मराज बास्तोलाले बताए । ‘आलुको महत्व यहाँ मात्र नभई बाहिर पनि छ,’ उनले भने, ‘तर अहिले बजार बाहिरका आलु पनि हेम्जाकै भनेर बेच्ने गरेको पाइन्छ ।’

महोत्सवमा कृषि प्रर्दशनी, कृषि उत्पादन विक्री वितरण, व्यापारिक आलुका कृषि उत्पादनका परिकार, आलुको ठुलो पहाड, ताजा तरकारिहरुको बृहत प्रर्दशनी, विविध साँस्कृतिक कार्यक्रम, चर्चित हाँस्य कलाकारहरुको बेजोड प्रस्तुति, राष्ट्रिय कृषि दोहोरि गीत, साइकल ¥याली प्रतियोगिता, कृषि झाँकी साथमा लाइभ पप कन्सर्ट रहने बिष्णु पादुक क्लबका अध्यक्ष कृष्णा खड्काले जानकारी दिए ।

कार्यक्रममा राष्ट्रिय कृषक पुरस्कार २५ हजार रुपैया, प्रदेश कृषक पुरस्कार १५ हजार रुपैया, स्थानिय कृषक पुरस्कार १० हजार रुपैया साथमा दोसल्ला र सम्मान पत्र रहेको छ । जसमा बैज्ञाानिक ÷बिशेषज्ञ सम्मानमा दोसल्ला सम्मान पत्र समेत व्यवस्था गरिएको छ ।

महोत्सव सम्पन्न गर्नका लागि करिब २८ लाख ४५ हजार खर्च लाग्ने महोत्सवमा साधारण ८० रुपैया, विद्यर्थी ५० रुपैया, स्थानिय पास ३०० रुपैया टिकटदर लाग्ने आयोजक टिमले जनाए ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.