www.tandavnews.com
Fact ~ In search of truth

हेमजाको मसिना वगरमा सरसफाइ अभियान

पोखरा ।

पोखरामा जारी ९० औं हप्ताको सरसफाइ अभियान वडा–२५ हेमजाको मसिना वगरमा सम्पन्न भएको छ ।

अभियानको संघीय प्रहरी इकाइ कार्यालय पोखराका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक विष्णुहरी गौतमले सरसफाइ गरी कार्यक्रमको शुभारम्भ गरे ।

Batas

सरसफाइ कार्यक्रममा नेपाल प्रहरी, सरकारी निकायका प्रमुख तथा प्रतिनिधि, मुक्तिनाथ विकास बैक, ओम डेभलपमेन्ट वैक, रेडियो हेमजा, अभियान क्लब महिला उपसमिति जिरो किमी, माछापुच्छ«े महिला क्लब पोखरा–७, हेमजामा रहेका विभिन्न संघ संस्था, समाजसेवी, जनप्रतिनिधिलागायत वडावासीले ऐक्यवद्धता जनाएका थिए ।

हप्तामा एक घण्टा राष्ट्रका लागि स्वयम् सेवा भन्ने नाराका साथ आयोजना गरिएको सरसफाइमा झण्डै पाँच टन फोहोर संकलन गरिएको अभियान्ता ममता सुनामले जानकारी दिइन् ।

कार्यक्रममा पोखरा लेखनाथ महानगर पालिका वडा – २५ का वडा सदस्य जीतबहादुर कार्कीले सरसफाई कार्यक्रम प्रति धन्यवाद व्यक्त गरेका थिए ।

९१ औ हप्ताको सरसफाइ अभियान याम्दी दोभानमा हुने नागरिक समाज पोखराका संयोजक रामबहादुर पौडेलले जानकारी दिए ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.