www.tandavnews.com
Fact ~ In search of truth

‘फेस्टिवलले हिमाली भेगको कल्चर र दिनचर्या उजागर गर्छ’

पाेखरा
ताण्डव न्यूज । 

१ .ग्रेट हिमालयन फेस्टिवल गर्नुको उद्देश्य के हो ?

हिमालयको सेरोफेरोमा हुने गतिविधी, साहसिक खेलहरु, हिमाली भेगका मानिसहरुको कल्चर,दिनचर्या,उनीहरुको फुड,कस्टमलाई उजागर गर्नु महोत्सवको उद्धेश्य हो ।

Batas

२.इन्टरनेसनल माउन्टेन फेस्टिवलको रुपमा गर्दै आएको फेस्टिवलको नाम परिवर्तन गरि ग्रेट हिमालय फेस्टिवल बनाउनुको कारण ?

नाम परिवर्तन गरि नयाँ नामबाट फेस्टिवल गर्दा बुस्टी हुन मद्धत गर्छ ,हामीले चौथौ संस्करण सम्म आउँदा हामीले जुन उचाइमा लाने प्रयत्न गरेका थियौँ ,त्यो उचाइमा हामी पुगेका थिएनौँ, अहिले नयाँ योङ इर्नजेटिक कार्यसमितीले रिभ्यु गरि नयाँ उचाइमा लानका लागी नाम परिवर्तन गरेका हौँ ।

३.फेस्टिवलमा माउन्टेनरहरुको सहभागी पक्कै हुन्छ होला,कहाँ– कहाँ बाट आउँदैछन माउन्टेनरहरु ?

यो फेस्टिवललाई समिट्रहरुको कुम्भभेलाको रुपमा लिन सकिन्छ, यहाँ देश विदेशका माउन्टेनरहरु सहभागी हुनेछन् । ८ हजार भन्दा माथिका विश्वका १४ वटा हिमाल चढेका केही माउन्टेनर,जापान र हाम्रै देशका माउन्टेनरहरु सहभागी हुनेछन् ।

४.महोत्सवमा के कस्ता कार्यक्रम राख्नुभएको छ ?

पोखरामा हुदैँ आइरहेको फेस्टिबल भन्दा यो फरक खालको फेस्टिबल हो । यो एड्भेन्चरसँग सम्बन्धित , माउन्टेनर,पर्वतीय गतिविधीसँग सम्बन्धित महोत्सव भएकाले यो नितान्त फरक खालको महोत्सव हो । यो महोत्सवमा पुग्ने दर्शकले फरक स्वाद पाउनुहुनेछ ।
महोत्सवमा होटलहोटलका टुरिष्टलाई सहभागी गराई दौड प्रतियोगिता, बाइकिङ प्रतियोगिता, विद्यार्थीबीच हिमाल सम्बन्धि पेन्टिङ प्रतियोगिता हुनेछ । साथमा महोत्सवमा नेपालको हिमाली खानालाई विश्वस्तरमा प्रतिष्पर्धी छ भन्ने खालको विशेष प्रर्दशन गरिनेछ ।
पश्चिमा फेसनले बजार कब्जा भइरहँदा हाम्रै देशको मौलिक संस्कृतिका कस्टम अलप हुदैँ गइरहेको छ । त्यसैले हिमाली भेगका मौलिक भेषभुषालाई फेशन सो को रुपमा प्रस्तुत गर्ने कोसिस हामीले गरिरहेका छौँ ।

५.फेस्टिवलको लागि पोखरा नै छान्नुको कारण के हो ?

पहिलो कारण पर्यटकीय नगरि पोखरालाई विश्वमै चिनाउने उद्देश्यले फेस्टिवलको लागी पोखरा छनोट गरेको हो । पोखरा पर्यटनकोद्धार भएको कारणले पनि पोखरामा फेस्टिवल राखेका हौँ ।

६.महोत्सवको लक्ष्य ?

अन्तर्राष्ट्रिय स्तरमा विभिन्न एड्भेन्चर सम्बन्धि प्रतियोगिता मेला महोत्सव भइरहको हुन्छ ।त्यसका लागि हाम्रा देशका माउन्टेनर बेलायत पुग्छन, हाम्रो देश त झन माउन्टेनै माउन्टेनको देश हाम्रो देशमा ३ सय ६५ दिननै यस्ता प्रतियोगिता राख्न सक्छाँै । हामीले बेलायतका माउन्टेनरलाई नेपाल ल्याउन सक्छौँ भन्ने कुराको पुष्टि गर्नु महोत्सवको लक्ष्य हो ।

प्रस्तुति : उमा विक

 

याे पनि

१७ फोटोमा हेरौँ ! माउण्टेन म्यूजियममा सुरु ‘ग्रेट हिमालयन फेस्टिवल’

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.