www.tandavnews.com
Fact ~ In search of truth

हिमाअस एजुकेसनको मुख्य प्रायोजनमा ‘हिमाअस मिस पोखरा–२०१८’

पोखरा
ताण्डव न्यूज ।

युवा नारीहरुको प्रतिभा प्रस्फुटन गर्नका लागि प्रत्येक वर्ष आयोजना गरिदै आएको हिमाअस मिस पोखरा–२०१८ पोखरामा आयोजना हुने भएको छ ।

प्रतियोगिता सनफ्लावर तेलको प्रस्तुती र हिमाअस एजुकेसन कन्सल्टेन्सीको मुख्य प्रायोजनमा यहि भाद्र १३ गते देखि असोज १८ हुनेछ ।

Batas

जेसीआइका अध्यक्ष शिव सुवेदीले प्रतियोगिता सौन्दर्यको लागि मात्र नभई सांस्कृतिक ऐतिहासिक साथै सामाजिक अवलोकनका कार्यक्रमहरुमा समेत प्रतियोगीहरुलाई सहभागी गराउने बताए ।

‘एक महिनाको अवधिभर सहभागिहरुलाई विभिन्न तालिम प्रदान गरिनेछ,’ उनले भने ‘तालिमले सहभागिहरुको आत्मबल बढ्नमा मद्दत पुग्ने छ ।’ पोखराका मात्र मिसहरु नभई हरेक जिल्लाबाट प्रतिभाशाली मिसहरुको सहभागी रहेको जेसीआइ पोखरा नेपालका संयोजक देवराज शर्माले जानकारी दिए ।

झन्डै एक महिनाको अवधिभर फरक विषयका तालिम तथा प्रशिक्षण सम्पन्न गरी २०१८ असोज २० गते पोखरा सभागृहमा मिस पोखरा–२०१८ को ग्रान्ड फिनाली हुनेछ ।

प्रतियोगिताको पुरस्कार तर्फ मिस पोखरा–२०१८ हुनेलाई टाइटल सहित स्कुटर, नगद ५० हजार, एक हप्ताको अष्ट्रेलिया भ्रमण सहित अन्य गिफ्टहरु व्यवस्था गरिएको छ ।

प्रतियोगितामा फष्ट रनर अफलाई टाइटल क्र्याउन सहित ३० हजार, सेकेन्ड रनर अफलाई टाइटल क्राउन सहित २० सहित अन्य गिफ्टहरु प्रदान गरिने आयोजकले जनायो ।

यस्तै बेष्ट प्रर्सनालिटि, बेष्ट ट्यालेन्ट, बेष्ट स्माइल, बेष्ट हेयर, बेष्ट क्याटवाक, बेष्ट ड्रेस, मिस फोटोजनिक, भिओर्स च्वाइन्स अवार्ड, मिस पपुलारिटि, र मिस इन्टिलेक्ट बाट टाइटल अवार्ड सहित गिफ्टको व्यवस्था गरिएको आयोजकले जानकारी दिए । प्रतियोगितामा कारियोग्राफरको रुपमा पुर्व मिस नेपाल बिजेता उशा खड्की रहने छिन् ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.