www.tandavnews.com
Fact ~ In search of truth

होर्डिङ होयक्स !

माधव भुसाल
पाेखरा, ताण्डव न्यूज । 

पोखरा महानगरले यहि चैत ५ गतेदेखि पोखराभित्रका विभिन्न ठाउँमा राखिएका विज्ञापनका होर्डिङ बोर्ड हटाउन सुरु ग¥यो । स्मार्ट सिटी बनाउने अभियानमा रहेको पोखरा महानगरले स्मार्ट डिजिटल बोर्ड राखेर विज्ञापन राख्ने निर्णय गर्दै होर्डिङ बोर्ड हटाउन थालेको हो ।

यसअघि पोखरा उद्योग वाणिज्य संघले २६ लाखमा पोखराभित्रको विज्ञापनको ठेक्का लिएको थियो । पोखरा महानगरले पनि आफूले काम नगरी मनोज चौहानको कम्पनीलाई सुम्पेको थियो ।

Batas

यसो गर्ने बेलामा पनि मनोज चौहानले उवासंघ र महानगरसँग ठूलै राजनीति खेलेका थिए । उक्त ठेक्का सम्झौताको समयावधि सकिएपछि महानगरले नयाँ ठेक्का प्रक्रिया नै नगरी होर्डिङबोर्ड हटाउन सुरु ग¥यो ।

मनौज चौहानलाई सुम्पिएपछि होर्डिङ विवादमा तानिएको महानगर पुनः डिजिटल बोर्ड राख्ने भन्दै होर्डिङ च्यातेपछि विवादमा तानिएको छ । आखिर, यो होर्डिङ बोर्ड बारे भइरहेको ‘होयक्स’ अर्थात ‘छल’ के हो ?

व्यक्ति पोस्दै महानगर

पोखरा महानगरले यसअघि नै डिजिटलको नाममा ट्यूबलाइट वाला विज्ञापन राखेर झुटको खेती सुरु गरिसकेको छ ।

महानगरले प्रतिक्षालयहरुमा त्यसको नमुना देखाइसकेको छ । कर कम उठेको कारण देखाउँदै महानगरले करोड आम्दानी गुमाउँदै आफू निकटको व्यक्तिलाई विज्ञापन दिन अनेक प्रपञ्च रचेको आरोप पनि लागेको छ ।

स्थानीय सरकारको रुपमा रहेको महानगरले सरकारको आम्दानीको हेक्का नराखी बिना टेण्डर एक व्यक्तिलाई डिजिटल विज्ञापनको नामको जिम्मा लगाउने तयारी गरेको महानगर स्रोतको दाबी छ ।

यसअघि २६ लाखमा विज्ञापनको ठेक्का दिएपनि दुई कम्पनीले मात्रै करिब ४० लाख रुपैयाँ राजस्व बुझाएको भरपाइ ताण्डव न्यूजले प्राप्त गरेको छ । महानगरले टेण्डर प्रतिस्र्धाबाट विज्ञापन राख्ने वातावरण नबनाई करोडौँ रकम गुमाउँदै छ ।

महानगर फसेको ठाउँ

एक हिसाबले भन्ने हो भने केहि दिनअघि सुरु गरेको होडिङ बोर्ड हटाउने अभियानमा पोखरा महानगर फसिसकेको छ ।

महानगरले पोखरा महानगरलाई साँच्चीकै स्मार्ट सिटीको रुपमा विकास गर्ने हो भने नेपाल सरकारले नै प्रतिबन्ध लगाएको, विज्ञापन गर्नै नपाइने तर, विज्ञापन गरिरहेका मादक पदार्थका विज्ञापनहरु हटाएर अभियान सुरु गर्न सक्थ्यो । न कि अब गर्न लागेको जस्तो बिना प्रतिस्पर्धा आफूले रोजेको व्यक्तिलाई जिम्मा लगाएर र अरु विज्ञापन हटाएर ।

मनोज र महानगर कनेक्सन

मनोज चौहान आफूलाई फाइदा हुने काम गर्नको लागि हदै सम्मको रणनीति र खेल खेल्न तयार हुने व्यक्ति भएको आरोप यसअघि देखि नै लाग्दै आएको छ । अहिलेको होर्डिङ बोर्ड हटाउने काण्डमा पनि उनै चौहानले राजनीति गरेको प्रष्ट छ ।

महानगरले होर्डिङ बोर्ड च्यात्न सुरु गरेको दिन चैत पाँच गते परिचय एड्भर्टाइजिङका प्रबन्ध निर्देशक बस्यालसँग चौहानले फोन वार्ता गरेका थिए । फोनमा चौहानले बस्याललाई अहिले भएका होर्डिङबोर्डको कर तिर्न आग्रह समेत गरेका थिए । जवाफमा बस्यालले हटाउने बोर्डको कर नतिर्ने र तिर्न परे महानगरसँग समन्व्य गरे तिर्ने भनेको बए ।

तर, बस्यालसँग कुरा गरेलगत्तै चौहाने पोखरा महानगरका केहि जिम्मेवार व्यक्तिहरुलाई फोन गरेका थिए । त्यसको केहि घण्टामा उनै बस्याल प्रबन्धक निर्देशक रहेको परिचय एड्भर्टाइजिङ कम्पनीले राखेको होर्डिङ बोर्ड हटाएर महानगरले होर्डिङ बोर्ड हटाउने नाटक सुरु गरेको थियो । पोखरामा परिचय एड्भरर्टाइजिङसँगै आधा दर्जन भन्दा धेरै विज्ञापन एजेन्सीहरुले होर्डिङ बोर्ड राख्दै विज्ञापन गर्दै आइरहेका छन् ।

‘कर तिर्न मात्रै म तीन पटक त महानगर गएको थिएँ,’ बस्याल भन्छन् , ‘हामीले पनि परिस्कृत हुँदै काम गरौँ भनेका हौँ मेरै गोरुको बाह्रै ठक्का भनेका हैनौँ । यसरी महानगर जिम्मेवारीबाट पन्छन मिल्दैन ।’

यस विषयमा पोखरा महानगर भने पन्छिदैँ आएको छ । महानगरका राजस्व अधिकृत छवि शर्माले डिजिटल विज्ञापन राख्नका लागि र समायानुसार परिमार्जित हुन यसो गरिएको बताए ।

‘डिजिटल विज्ञापन राख्दा होडिङ बोर्ड जस्तो धेरै ठाउँमा पनि राख्न नपर्ने,’ उनले भने, ‘डिजिटल भए सभ्य पनि देखिने समय अनुसारको पनि हुने ।’

महानगरले सरकारले पनि विज्ञापन गर्न नपाइने भनेको मादक पदार्थको विज्ञापनहरु नहटाई किन अरुबाट सुरु गरेको भन्ने प्रश्नमा उनले भने, ‘होर्डिङबोर्ड हटाउने निर्णय एक वर्ष पहिलेको हो । अब यो त्यो विज्ञापन भन्ने हुँदैन सबै विज्ञापन हट्छ । डिजिटल बस्छ ।’

स्मार्ट प्रतिक्षालयबारे भ्रम

केही समय अघि महानगरले स्मार्ट प्रतिक्षालय राखिएको भनेर भ्रम फैलायो । महानगरले दाबि गरेको उक्त प्रतिक्षालय स्मार्ट भने होइन । लाइट बोर्ड राखेर बत्ति मात्रै बल्ने बनाइएको छ ।

न त त्यसले घाम छेक्छ, न त पानी नै ओताउँछ । स्मार्ट प्रतिक्षालयको मापदण्ड हेर्ने हो भने यात्रुहरुका लागि तापक्रम, बस आउने जाने समय, रुटलगायतका जानकारी प्रदान गर्नुपर्दछ ।

यो पनि

महानगरको नाजायज निर्णय माथि अदालको हस्तक्षेप

डिजिटल विज्ञापनको नाममा व्यक्ति पोस्दै पोखरा महानगर

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.