www.tandavnews.com
Fact ~ In search of truth

पाेखरा : बाइक चोर्ने गिरोह समातिए

पोखरा
ताण्डव न्यूज ।

कास्की प्रहरीले बाइक चोरि गर्ने गिरोह समातेको छ । पोखरा र भिमाद गरि १९ जनालाई बाइक चोरी गरेको आरोपमा कास्की प्रहरीले पक्राउ गरेको हो । उनीको साथबाट ९ वटा चोरीका बाइक समेत फेला परेको प्रहरी स्रोतले बताएको छ ।

सबै पेसेवर चोर हुन् । केही दिन अघि बास्की प्रहरीले यिनी माध्ये दुई जनालाई सबै भन्दा पहिला पक्राउ ग¥यो । एउटा योजना बनाउने अनी अर्को ग्यारेजमा काम गर्ने कामदार । यिनीहरुले पोखराबाट बाइक चोरेर भिमाद पठाउने गर्थे ।

Batas

कास्की प्रहरीले पनि सोही अनुसार यताका दुई जनालाई प्रयोग गरेर भिमादका डिलरलाई समातेपछि अन्य पनि पक्राउ गरेका हुन् । विशेष गरि पोखराको नयाँ बजार, पृथ्वचिोक, न्युरोडबाट यिनीहरुले बाइक चोर्ने गरेको खुलेको छ ।

बैक, सहकारी, अस्पताल विशेष निशानामा राखेर चोर्ने गरेको पाइन्छ । गिरोहले ५ मिनेटमै एउटा बाइक सजिलै चोर्न गरेको एक प्रहरीले बताए ।

‘हेन्टल लक गरेको बाइक होस या जस्तो अवस्थामा होस सजिलै चोर्न सक्ने गिरोह हुन यिनीहरु,’ उनले भने, ‘यिनीहरुले बाइक भिमाद पुराउछन् । भिमादबाट दुर्गम ठाँउमा बाइक सप्लाई हुन्छ जहाँ प्रहरीको पहुँचले भ्याउदैन ।’

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.