www.tandavnews.com
Fact ~ In search of truth

कास्की : होलीमा कडा सुरक्षा व्यवस्था, अवाञ्छीत गतिविधी गरे प्रहरीको फन्दामा

पोखरा
ताण्डव संवाददाता ।

रंगको उत्सवको रुपमा लिइने ‘होली’पर्वको सुरक्षा व्यवस्थाको योजना बनाइएको छ । होलीको दिन उच्छृंखल गतिविधि नहोस भनेर जिल्ला प्रहरी कार्यालय कास्कीले यहाँका चोक–चोकमा प्रहरी खटाईने योजना बनाएको छ ।

कास्की प्रहरी नायक उपरीक्षक खड्गबहादुर खत्रीका अनुसार होलीको दिन पोखराका विभिन्न ठाउँमा गरी चार सय ५० प्रहरी खटिनेछन् ।

Batas

‘होलीको दिन, गाडि गस्ती, मोटरसाइकल गस्ती, पिकेटिङ, चोकजाँचको व्यवस्था मिलाइएको छ,’ खत्रीले भने, ‘यसको लागि ट्राफिक प्रहरीको पनि उचित व्यवस्थापन हुनेछ ।’ होली खेल्ने भन्दै बढी भीडभाड, हल्लाहुने ठाउँमा प्रहरी खटाइने उनले प्रस्टाए । ‘मान्छे लस्कर लाएर हल्ला गर्दै हिड्ने र मोटरसाइकलको ठूलो आवाज निकाल्दै हिड्नेलाई नियन्त्रणमा लिइनेछ,’ उनले भने, ‘होलीको नाममा लोला हान्ने, धमिलो फोहोर पानीले हिर्काउने, अप्राकृतिक रंग प्रयोग गरेको पाइएमा कारबाही गरिनेछ ।’

खत्रीले ‘केही सार्वजानिक अपराध ऐन २०२७’अनुसार कारवाही हुने बताए । ‘अपराधको प्रकृति हेरेर कारबाही हुनेछ,’ उनले भने, ‘होलीको नाममा ल्याइने बिकृति विसंगतिलाई नियन्त्रणमा लिनेछौं ।’पोखराको लेकसाइड एरिया र गाउँसम्म प्रहरी खटाई उचित सुरक्षा प्रदान गरिने उनले बताए ।

यसमा सामुदायिक प्रहरीले माइकिङ गर्दै चेतनामूलक प्रचार गरेको छ । प्रहरीलेपनि होलीकोे बेला नागरिकसँग समन्वयको अपेक्षा गरेको उनले सुनाए । ‘कतै पनि घटना नभई होलीपर्व सम्पन्न होस भन्ने कामनाहो,’ उनले भने, ‘यसमा सबैको साथ आवश्यक पर्छ ।’

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.