www.tandavnews.com
Fact ~ In search of truth

गृहमन्त्री थापा भन्छन्: मुलुकमा विकास र समृद्धि कायम हुन्छ

काठमाडौं ।

गृहमन्त्री रामबहादुर थापाले आगामी वर्ष मुलुकको आर्थिक वृद्धि दर आठ प्रतिशत पुग्ने बताएका छन् ।

प्रेस चौतारी र प्रेस सेन्टर मोरङद्वारा संयुक्त रुपमा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उनले सरकारद्वारा गत मंगलबार प्रस्तुत बजेटले मुुुलुकमा विकास र समृद्धि कायम भई आगामी केही वर्षभित्र आर्थिक वृद्धि दर दुई अंक भन्दा बढी कायम हुने विश्वास व्यक्त गरे ।

Batas

गृहमन्त्री थापाले प्रधानमन्त्रीको हालैको भारत भ्रमण र आगामी दिनमा हुने चीन भ्रमणवाट वैदेशिक सम्बन्ध थप सुढृढ हुने बताउँदै यसबाट मुलुकमा विकास र समृद्धि कायम गर्न महत्वपूर्ण भूमिका खेल्ने आशा व्यक्त गरे ।

मुलुकमा केही वस्तुको मूल्य वृद्धि आन्तरिक कारण नभै अन्तर्राष्ट्रिय बजारका कारणले भएको उल्लेख गर्दै उनले कालोबजारी हुनै नदिन र भएपनि त्यसको नियन्त्रणका लागि वर्तमान सरकार दृढ संकल्प रहेको बताए ।

गृहमन्त्री थापाले प्रदेश सरकारलाई अधिकार सम्पन्न बनाउनका लागि प्रर्याप्त बजेट विनियोजन गरिएको बताउँदै समयमा आफ्नो जिम्मेवारी पूरा नगरी विकास निर्माण कार्यमा अवरोध उत्पन्न गर्ने गराउने ठेकेदारलाई कारवाही गर्न सरकार पछाडि नपर्ने धारणा व्यक्त गरे ।

अन्तर्राष्ट्रिय विमानस्थलबाट सुन तस्करी भएको सम्बन्धमा छानबीन आयोगले आफ्नो कार्य गरिरहेको छ, उनले भने , “तस्करी सञ्जाललाई तोडी आपराधिलाई न्यायको कठघारामा उभ्याइने दायित्वबाट सरकार पछि हट्दैन ।”

गृहमन्त्री थापाले शिक्षा, स्वास्थ्य, निर्माण र कृषि लगायत सबै क्षेत्रमा देखिएकोे सिण्डिकेटको अन्त्य गरिने बताउँदै स्वच्छ प्रतिस्पर्धाका आधारमा जनतालाई गुणस्तरीय सेवा र सामान उपलब्ध गराउनका लागि सरकार प्रतिबद्ध रहेको बताए ।

नेकपा एमाले र नेकपा (माओवादी केन्द्र) को एकीकरणबाट मुलुकमा विकास र समृद्धि कायम हुने उनले प्रष्ट पारे ।-रासस

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.