www.tandavnews.com
Fact ~ In search of truth

साताको राशिफल

मेष

प्रारम्भमा स्वास्थ्य चिन्ताले सताउन सक्छ । काममा मिहिनेत परे पनि विगतका कमजोरी सच्याउँदै नयाँ अवसर जुटाउन सफल भइनेछ । आध्यात्मिक ज्ञानले डर तथा दुर्भावनाका तरंगहरू समाप्त हुनेछन् । विशिष्ट व्यक्तिको सहयोग जुट्नाले राम्रै अवसर पाइनेछ । लगनशीलताले गुमेको स्थान दिलाउनेछ । दिगो फाइदा हुने काम शुभारम्भ गर्न सकिनेछ । सप्ताहान्तमा अवसरवादीहरूले आफ्ना कमजोरीको फाइदा उठाउने चेष्टा गर्नेछन् । तापनि व्यवसायमा आम्दानी बढ्नेछ ।

बृष

Batas

प्रारम्भमा केही चुनौती पनि देखिनेछन् । अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहनेछ । अरूको स्वार्थमा उपयोग भइने समय छ, सजग रहनुहोला । अवसरका लागि जोखिमपूर्ण काममा जुट्नुपर्ने हुन सक्छ । साताको उत्तरार्द्धमा केही अवसर प्राप्त हुनेछन् ।
सुखदुःखमा साथ दिनेहरू पनि फेला पर्नेछन् । रोकिएको काम बन्नुका साथै नयाँ काम सुरु हुनेछ । लगनशीलताले समस्या सुल्झाउँदै सामाजिक प्रतिष्ठा दिलाउनेछ । खर्च लागे पनि आयस्रोत बढाउन सकिनेछ ।

मिथुन

प्रारम्भमा मन मिल्ने साथी भेटिनुका साथै प्रेमको बन्धन कसिने सम्भावना देखिन्छ । मंगलवारदेखि परिस्थितिवश समस्यामा परिएला । विरोधीहरू बढ्नाले चुनौती देखापर्न सक्छ । तापनि समस्या दर्साउँदा सहयोगीहरूले साथ दिनेछन् । नजिकका साथीभाइ टाढिनाले समस्या बढ्न सक्छ । स्वास्थ्यमा कमजोरी देखापर्नेछ । अर्थ अभावले आँटेको काम स्थगित हुन सक्छ । तापनि, सप्ताहान्तमा स्थितिमा सुधार आउनाले फाइदा हुनेछ । भौतिक साधन जुट्नाले जीवनशैली सुखद् बन्नेछ ।

कर्कट

प्रारम्भमा अध्ययन र स्वास्थ्यको चिन्ताले सताउन सक्छ । केही काम रोकिए पनि व्यापार र उद्योगमा फाइदा हुनेछ । मिहिनेतले जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ । मंगलवारदेखि स्थितिमा सुधार आउनेछ भने अधिकार र प्रतिष्ठा स्वतस् प्राप्त हुनेछ । व्यवसायका लागि यात्रा गर्ने अवसर जुर्न सक्छ । मन मिल्ने साथी भेटिनुका साथै प्रेमको गाँठो समेत कसिनेछ । सप्ताहान्तमा भौतिक साधन जुट्नाले रोकिएको काम बन्नेछ । अरूको बहकाउमा परिनाले केही काम बिग्रन सक्छ ।

सिंह

कृषि तथा पशुपालनमा फाइदा हुनेछ । प्रयत्न गर्दा विगतका कमजोरीलाई सच्याउन सकिनेछ । टाढिएका आफन्तहरू नजिकिएलान् । पढाइ र सन्तानको बारेमा चिन्ता बढ्न सक्छ । प्रतिस्पर्धीलाई कमजोर ठान्दा पछि परिएला । ईर्ष्या गर्नेहरूले काममा अवरोध पुर्याउलान् । फाइदाका पछि लाग्दा साथीभाइ टाढिन सक्छन् । तापनि प्रयत्नले लक्ष्यमा पुर्याउनेछ । राम्रो नतिजाका लागि विवेकले काम लिनुहोला । अप्ठ्यारो काम समेत सम्पादन हुनेछ । प्रेम र मित्रताको बन्धन कसिन सक्छ ।

कन्या

जिम्मेवारी प्राप्त भए पनि उपलब्धिका लागि प्रतीक्षा गर्नुहोला । मिहिनेतले प्रतिस्पर्धीहरूलाई पछि पार्न सकिनेछ । तर आफ्नो श्रमबाट अरूले फाइदा उठाउने कोसिस गर्नेछन् । प्रतिस्पर्धाले खर्च बढाउन सक्छ । साइनो गाँस्नेहरूले पनि दुःख दिन सक्छन् । स्वास्थ्यमा कमजोरी अनुभूति हुनेछ । परिस्थितिको बन्धनमा परिए पनि हिम्मतले काम लिनेहरूलाई फाइदै हुनेछ । सप्ताहान्तमा केही घरेलु काम सम्पादन हुनेछन् । आर्थिक अभाव देखिए पनि भौतिक साधन जुटाउन सफल भइनेछ । (नेपाली पात्रो)

तुला

घरेलु समस्यामा अलि सावधान रहनुहोला । सुरुमा शुभचिन्तकहरूलाई बेवास्ता गर्दा पनि अलि दुःख पाइनेछ । बलभन्दा बुद्धिको उपयोगले काम लिने प्रयत्न गर्नुहोला । मंगलवारदेखि विभिन्न अवसर प्राप्त होलान् । हिम्मत गर्दा भविष्यका चुनौती पन्छाउन सफल भइनेछ । दीर्घकालीन योजनाहरू भने गोप्य राख्नुहोला । मिहिनेतले राम्रै प्रतिफल दिलाउनेछ । शुक्रवारदेखि आफन्तहरूको सञ्जालबाट टाढा रहँदा राम्रो हुनेछ । साइनो गाँस्नेहरूबाट सजग रहनुहोला । अध्ययनमा धेरै समय दिन नसकिएला ।

बृश्चिक

इच्छाशक्ति बढ्नाले लक्ष्य प्राप्त गर्न सकिनेछ । सरल जीवनशैलीले धेरैको मन लोभ्याउन सक्छ । तर मंगलवारदेखि परिस्थिति अलि असहज बन्न सक्छ । बोली(व्यवहारमा सजग रहनुहोला । अरूको बहकाउमा परिनाले काम बिग्रन सक्छ । भौतिक साधनको कमीले पनि अप्ठ्यारो पर्न सक्छ । सहयोगीहरूले साथ दिनेछन् । तापनि, साइनो गाँस्नेहरूबाट अलि सजग रहनुपर्ला । लगनशीलताले गुमेको प्रतिष्ठा दिलाउनेछ । बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ । गोपनीयतामा ध्यान दिनुहोला

धनु

प्रारम्भमा खर्च बढ्नाले अर्थ अभाव देखा पर्न सक्छ । रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ला । टाढाको यात्रा गर्ने अवसर प्राप्त हुनेछ । बुधवारदेखि आफन्तसँगको सम्पर्कले मनमा आनन्द मिल्नेछ । नयाँ काममा हात हाल्ने समय छ । प्रतीक्षा गरिएको नतिजा सकारात्मक हुनेछ । राम्रै लाभ हुने कामको जिम्मेवारी प्राप्त हुनेछ । तर सप्ताहान्तमा आलोचकहरूले आत्मसम्मानमा चोट पुर्याउन सक्छन् । आफ्नो मिहिनेतबाट अरूले लाभ उठाउने चेष्टा गर्नेछन् । ठूलो भागको आशा राख्दा हानि हुन सक्छ ।

मकर

सुरुमा आयआर्जन बढ्नुका साथै दिगो फाइदा हुने काम प्रारम्भ गर्ने अवसर जुट्नेछ । व्यापार–व्यवसायमा फाइदा हुनेछ । परिवारजनका आवश्यकता पूरा गर्न सकिनेछ । बुधवारदेखि खर्च बढ्नाले आर्थिक अभाव अनुभूति हुनेछ । अरूको फाइदाका लागि उपयोग भइने सम्भावना छ । तापनि लामो यात्रा गर्ने अवसर जुट्न सक्छ । सप्ताहान्तमा स्थितिमा सुधार आउनाले काम सम्पादन हुनेछन् । आफन्तको सहयोग जुट्नाले अभीष्ट पूरा हुनेछ । सुन्दर पहिरनका साथ व्यक्तित्व निखार्ने अवसर प्राप्त हुनेछ ।

कुम्भ

अवसर प्राप्त भए पनि तत्काल उपलब्धि नहुन सक्छ । अरूका जिम्मेवारीसमेत वहन गर्नुपर्ला । कामले विभिन्न अवसर दिलाउनेछ । मिहिनेत गर्दा नाम र दाम र इनाम प्राप्त हुनेछ । विभिन्न क्षेत्रबाट फाइदा उठाउन सकिनेछ । होसियार नहुँदा आफ्नो लाभांश बाहिरिने सम्भावना छ । आम्दानी हुनासाथ खर्च गर्नुपर्ने हुन सक्छ । सप्ताहान्तमा यात्राको प्रक्रिया अघि बढे पनि ठगी गर्नेहरूको सञ्जालबाट विशेष सतर्क रहनुहोला । तापनि विदेश ताक्नेहरूलाई यात्राको प्रक्रिया अघि बढ्नेछ ।

मीन

प्रारम्भमा प्रतिस्पर्धीहरूले दुस्ख दिए पनि व्यवहारमा राम्रै अवसर हात पार्न सफल भइनेछ । पुरुषार्थी काम बन्नाले जोश–जाँगर बढ्नेछ । जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ । दिगो फाइदा हुने काम हातलागी हुनेछ । तर वादविवादमा अघि नसर्नुहोला । भैपरी आउने समस्यासँग जुध्नुपरे पनि पछि फाइदा हुने काम प्रारम्भ हुनेछ । हुलमुलमा धनमाल जोगाउने चेष्टा गर्नुहोला । झुटा आरोपका साथै परिबन्धले अनावश्यक झमेला थपिदिन सक्छ । स्वास्थ्यमा पनि ध्यान पुर्याउनुहोला ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.