www.tandavnews.com
Fact ~ In search of truth

साताको राशिफल : राशि अनुसार आफ्नो भाग्य हेर्नुहोस्

मेष : इच्छाशक्ति बढ्नुका साथै लक्ष्य प्राप्त गर्ने साहस जुट्नेछ । सरल जीवनशैलीले धेरैलाई प्रभावित पार्न सकिनेछ । मित्रहरूको सहयोगले हौसला प्रदान गर्नेछ । आयस्रोत बढ्नुका साथै दिगो फाइदा हुने काममा सम्झौता हुनेछ । बुद्धिको उपयोगले विद्या र धन आर्जन हुनेछ । सानो प्रयत्नले ठूलो काम बन्नेछ । पहिलेको उपलब्धिले उत्साह जगाउनेछ । सप्ताहान्तमा परिस्थिति केही असहज बन्ने हुँदा बोली–व्यवहारमा सजग रहनुहोला । अरूको बहकाउ र भौतिक साधनको कमीले अप्ठ्यारो पर्न सक्छ ।

बृष : प्रारम्भमा खर्च बढ्नाले अर्थ अभाव देखा पर्न सक्छ । रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ला । आफन्तबाट टाढिनुपर्ने स्थिति आए पनि भविष्यको मार्गचित्र कोर्ने समय छ । मंगलवारदेखि विभिन्न अवसर प्राप्त हुनाले उत्साह जाग्नेछ । आलोचकहरूले पनि प्रशंसा गर्न थाल्नेछन् । लाभप्रद कामको जिम्मेवारी हातलागि हुनेछ । सप्ताहान्तमा उपहारका साथै धनलाभ हुने सम्भावना छ । स्रोत–साधन जुट्नुका साथै दिगो फाइदा हुने काम प्रारम्भ हुने देखिन्छ । वादविवादमा भरसक अघि नसर्नुहोला ।

मिथुन : सुरुमा आयआर्जन बढ्नुका साथै दिगो फाइदा हुने काम प्रारम्भ गर्ने अवसर जुट्नेछ । खर्च लागे पनि परिवारजनका आवश्यकता पूरा गर्न सकिनेछ । मंगलवारदेखि आकस्मिक खर्च बढ्नाले आर्थिक अभावको अनुभूति हुनेछ । तापनि टाढाका साथीभाइसँगको सम्बन्धले लामो यात्रा गर्ने अवसर जुट्न सक्छ । बलजफ्ती गर्दा काम बिग्रनेछ भने रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्दा मात्र फाइदा हुनेछ । सप्ताहान्तमा परिस्थिति अनुकूल बन्नुका साथै मिहिनेत गर्दा नाम र दाम हातपार्न सकिनेछ ।

Batas

कर्कट : प्रतिष्ठित काम गरेर अवसर हात पार्ने समय छ । आँटले काममा सफलता दिलाउनेछ । आयआर्जन बढ्नुका साथै दिगो फाइदा हुने काम प्रारम्भ गर्न सकिनेछ । मिहिनेत गर्दा राम्रै अवसर पाइनेछ । मनग्गे आम्दानी हुनाले भैपरी आउने समस्या टर्नेछन् । व्यापार तथा नोकरीमा फाइदा उठाउन सकिनेछ । सप्ताहान्तमा खर्च बढ्नुका साथै अर्थ अभावले सताउन सक्छ । एउटै कामलाई दोहोर्याएर प्रयत्न गर्नुपर्नेछ । अवसरका लागि केही दौडधुप गर्नुपर्ला । बुद्धिको उपयोगले काम सम्पादन हुनेछ ।

सिंह : प्रारम्भमा अरूका काममा जुट्नुपरे पनि पछि आफैंलाई फाइदा हुनेछ । हिम्मत गर्दा प्रतिष्ठित जिम्मेवारी हातपार्न सफल भइनेछ । सुखदुःखमा साथ दिनेहरू प्रशस्तै फेला पर्नेछन् । विशिष्ट व्यक्ति भेट्ने अवसर जुट्नेछ । लगनशीलताले दाम, इनाम एवं प्रतिष्ठा दिलाउनेछ । अध्ययनमा सकारात्मक नतिजा प्राप्त हुनेछ । व्यवसायमा विभिन्न अवसर जुट्नाले आम्दानी बढ्नेछ । अरूको मन जितेर काम बनाउन सकिनेछ । सप्ताहान्तमा जिम्मेवारी पूरा गर्न खर्चको जोहो गर्नुपर्ने चुनौती देखापर्न सक्छ ।

कन्या : प्रारम्भमा अस्वस्थताका बीच कामको बोझ बढ्नेछ । अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा केही चुनौती पनि देखिनेछन् । अरूको स्वार्थमा उपयोग भइनेछ, सजग रहनुहोला । मंगलवारदेखि स्थितिमा सुधार आउनेछ। अवसरले उत्साह जगाउनेछ । सुखदुःखमा साथ दिनेहरू प्रशस्तै फेला पर्नेछन् । रोकिएको काम बन्नुका साथै नयाँ काम सुरु हुनेछ । लगनशीलताले अप्ठ्यारा समस्या सुल्झाउँदै सामाजिक प्रतिष्ठा दिलाउनेछ । सप्ताहान्तमा विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ने स्थिति आउन सक्छ ।

तुला : सुरुमा रमाइला ठाउँको यात्रा गर्ने अवसर जुट्न सक्छ । प्रियजनसँग भेटघाट हुनेछ भने आतिथ्यपूर्ण सम्मान पनि प्राप्त हुनेछ । मंगलवारदेखि परिस्थिति असहज बन्नाले अप्ठ्यारा कामको बोझ उठाउनुपर्ला । परिस्थितिले संघर्षको पथमा हिँडाउन सक्छ । चोटपटकको योग देखिएकाले स्वास्थ्यका लागि सजग रहनुहोला । शुक्रवारदेखि स्थितिमा सुधार हुनेछ । टाढिएका साथीभाइ नजिकिनाले उत्साह जाग्नेछ । शुभचिन्तकहरूको पनि सहयोग जुट्नेछ । रोकिएका घरेलु कामकाज पनि सम्पादन हुनेछन् ।

बृश्चिक : प्रारम्भमा गरिएको पुरुषार्थी कामले धन र मानसमेत दिलाउनेछ । जुझारु कार्यशैलीले प्रतिस्पर्धीहरूको मनोबल कमजोर हुनेछ । चिताएको काम बन्नाले जोश–जाँगर बढ्नेछ । दिगो फाइदा हुने काम हातलागी हुनेछ । पारिवारिक भेटघाटले मन प्रफुल्लित हुनेछ । बुधवार–बिहीबारतिर यात्रा खर्चिलो र कष्टपूर्ण हुने सम्भावना छ । तापनि बुद्धिको उपयोगले परिस्थितिलाई आफू अनुकूल बनाउन सकिनेछ । सप्ताहान्तमा अस्वस्थता, झुटा आरोप र चुनौती आइलाग्ने देखिन्छ, गोपनीयतामा विशेष ध्यान दिनुहोला ।

धनु : आफ्नो क्षेत्रमा राम्रै प्रभाव जमाउन सकिनेछ । आँटले चिताएको काम सम्पादन हुनेछ । अध्ययनतर्फ मिहिनेतले राम्रै उपलब्धी दिलाउन सक्छ । विभिन्न अवसर प्राप्त हुनुका साथै रोकिएका काम बन्नाले आर्थिक पक्ष सबल बन्नेछ । प्रतिद्वन्द्वीहरूलाई परास्त गर्न सफल भइनेछ । खर्च लागे पनि दिगो फाइदा हुने काम सुरु गर्ने अवसर जुट्नेछ । सप्ताहान्ततिर प्रियजनसँग रमाइलो भेटघाट हुनेछ । तर व्यावहारिक उल्झनले केही समस्या पनि देखापर्न सक्छ । निम्तो प्राप्त भए पनि आतिथ्य खर्चिलो हुने देखिन्छ ।

मकर : ईष्र्या गर्नेहरूले काममा अवरोध पु¥याउन सक्छन् । उपलब्धिका लागि समय प्रतीक्षा गर्नुपर्ला । श्रम परे पनि घरेलु कामकाज भने सम्पादन हुनेछन् । मिहिनेत तथा बुद्धिको उपयोगले लक्ष्यमा पुग्न सकिनेछ । अध्ययनमा प्रगति हुनेछ भने सहपाठीहरूलाई पछि पार्न सफल भइनेछ । व्यापार र उद्योगमा फाइदा हुनेछ । सप्ताहान्तमा प्रतिस्पर्धामा उत्रनुपर्दा साथीभाइ टाढिन सक्छन् । राम्रो नतिजाका लागि विवेकले काम लिनुहोला । मिहिनेत गर्दा चिताएको काम सम्पादन हुनेछ। नाम, दाम र इनाम प्राप्त हुनेछ ।

कुम्भ : प्रारम्भमा आयआर्जन बढ्नुका साथै दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ । प्रतिष्ठित काम गरेर अवसर हातपार्ने समय छ । आँटले काममा सफलता दिलाउनेछ । तर मंगलवारदेखि सहयोगीहरूको भरपर्दा पछि परिनेछ । साइनो गाँस्नेहरूले पनि दुःख दिन सक्छन् । काम बिग्रने डरले सताउनेछ । साझेदारीमा समस्या आउनाले पहिलेको सम्झौता भंग हुन सक्छ । परिस्थितिको बन्धनमा परिए पनि युक्तिले काम लिनेहरूलाई बिस्तारै फाइदै हुनेछ । मिहिनेत गर्दा अप्ठ्यारा परिस्थिति समेत स्वतस् सुल्झनेछन् ।

मीन : प्रारम्भमा बोलीको प्रभावले आर्थिक क्रियाकलापमा समेत प्राभाव पर्न सक्छ । प्रतिस्पर्धीहरूले अप्ठ्यारो समयमा दुस्ख दिन सक्छन् । तापनि दिगो फाइदा हुने काममा सम्झौता हुन सक्छ । सानो प्रयत्नले ठूलो काम बन्नेछ। मिहिनेतले सम्मानित स्थान दिलाउनेछ । शुभचिन्तकहरूको सहयोग जुट्नाले महत्वपूर्ण काम बन्नेछ । सप्ताहान्तमा केही विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला । घरेलु समस्यामा अलि सावधान रहनुहोला । भविष्यका चुनौती पन्छाउन सफल भइनेछ । योजना गोप्य रहँदा नै फाइदा हुनेछ ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.