www.tandavnews.com
Fact ~ In search of truth

हेर्नुहोस् ! यो साताको राशिफल

पाेखरा
ताण्डव न्यूज । 

मेष :

प्रारम्भमा व्यावहारिक कठिनाइ देखा पर्नाले ठूलो उपलब्धि नहुन सक्छ । तापनि कर्मयोगले समाजमा स्थापित गराउन सक्छ । काम देखाएर उपलब्धि हातपार्ने समय छ । मंगलबारपछि विशेष जिम्मेवारी अथवा नोकरी प्राप्त हुन सक्छ । विशिष्ट व्यक्तित्वसँग मित्रता बढ्नेछ। परिश्रमअनुसार राम्रै फल पाइनेछ । खर्च लागे पनि दिगो फाइदा हुने काम प्रारम्भ गर्ने अवसर छ । लगनशीलताले प्रसिद्धि पनि बढ्नेछ । मिहिनेतले दाम र इनाम दिलाउनेछ। सप्ताहान्तमा फजुल खर्च बढ्नेछ भने मनको डरले सताउन सक्छ ।

Batas

बृष :

विशेष अवसरले ठूलै काममा हिम्मत दिलाउनेछ । दिगो फाइदा हुने काम शुभारम्भ हुन सक्छ । पुरुषार्थ देखाएर दाम समाउने अवसर प्राप्त हुनेछ । मंगलबारदेखि पारिवारिक समस्याले सताउन सक्छ । काममा अवसरवादीहरूबाट सजग रहनुपर्ला । शुभचिन्तकहरू टाढा हुनाले दुस्ख पाइनेछ । अध्ययन र स्वास्थ्यको चिन्ताले सताउन सक्छ । केही काम रोकिए पनि व्यापार र उद्योगमा फाइदा हुनेछ । मिहिनेतले जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ । सप्ताहान्तमा अधिकार र प्रतिष्ठाका लागि बौद्धिक काम गर्नुपर्ला ।

मिथुन :

प्रारम्भमा अप्ठ्यारो परिस्थितिसँग सम्झौता गर्नुपर्ला । काम गर्दा समेत जस नपाइनाले मन खिन्न रहनेछ । परिबन्धले केही झमेला निम्त्याउन सक्छ । स्वास्थ्य कमजोर रहनाले समयमा चिताएको काम गर्न नसकिएला । तापनि मिहिनेत गर्दा सफलताको सूत्र पत्ता लगाउन सकिनेछ । समस्या दर्साउँदा सहयोगीहरू जुट्नेछन् । साताको उत्तरार्द्धमा काम बनाउन सकिनेछ । समुदायको हक हितको संरक्षण हुने काम गर्न सकिनेछ । पुराना साथीभाइसँग भेटघाट हुन सक्छ । मिहिनेतले कीर्ति राख्ने अवसर प्रदान गर्नेछ ।

कर्कट :

सकारात्मक परिणामले उत्साह जगाउनेछ । व्यावसायिक काममा राम्रो फाइदा हुनेछ । प्रेमको बन्धन कसिनेछ । तर, यात्राको क्रममा रमाइलो परिस्थितिलाई वादविवादले खलबल्याउने देखिन्छ । मंगलबारपछि स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला । बलजफ्तीले काम बिग्रन सक्छ । अर्थ अभावले पनि सताउने देखिन्छ । अरूका लागि आफ्नो महत्वपूर्ण समय खर्चनुपर्ला । सप्ताहान्तमा टाढिएका साथीभाइ नजिकिनाले हर्ष बढ्नेछ । प्रतिस्पर्धीहरूले सम्झौताको ढोका खोल्नेछन्। मिहिनेतले लक्ष्यमा पु¥याउनेछ ।

सिंह :

मिहिनेतले अवसर दिलाउनेछ भने प्रतिद्वन्द्वीहरू पछि पर्नेछन् । रोकिएका काम बन्नाले आम्दानी बढ्नेछ । खर्च लागे पनि दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ । सरल जीवनशैलीले अरूलाई प्रभावित बनाउन सकिनेछ । नयाँ काम प्रारम्भ गर्न सकिनेछ । रमाइलो यात्राका बीच महत्त्वपूर्ण भेटघाट हुने सम्भावना छ । प्रेम र मित्रताको बन्धन कसिनेछ । सप्ताहान्ततिर आकस्मिक खर्च बढ्न सक्छ । काम बिग्रने भयले सताउनेछ । परिबन्धले स्वतन्त्रतामा बाधा पु¥याउन सक्छ । मिहिनेत गर्दा नियमित काम भने सम्पादन हुनेछन् ।

कन्या :

खानपानको अनिमियतताले स्वास्थ्य कमजोर रहला । स्वास्थ्यमा केही समस्या देखिए पनि काममा मिहिनेतको प्रतिफल प्राप्त हुनेछ । अध्ययनमा समय दिन नसकिए पनि सीप र कलामा निखारता आउनेछ । पहिलेदेखि रोकिएको काम बन्नेछ । प्रतिस्पर्धीहरूलाई पछि पार्न सकिनेछ । व्यापारमा फाइदा हुनुका साथै मनग्गे धनलाभ हुनेछ । केही खर्च लागे पनि व्यवसायका लागि यात्रा गर्ने अवसर जुर्न सक्छ । नयाँ मित्रहरू फेला पर्नेछन्। प्रेमको बन्धन पनि कसिनेछ । सप्ताहान्तमा वादविवादले समस्या निम्त्याउन सक्छ ।

तुला :

आफन्तहरू नजिकिए पनि परिस्थिति आफ्ना लागि अलि प्रतिकूल रहने देखिन्छ । काम बिग्रने भयले सताउन सक्छ। शुभचिन्तकहरूको सुझावलाई मनन गर्नुहोला । सद्विचारले प्रेरित हुनेहरूलाई परिस्थिति अनुकूलै रहनेछ । अध्ययनमा ध्यान केन्द्रित हुनेछ भने मिहिनेतले उपलब्धि दिलाउन सक्छ । रोकिएका काम बन्नेछन् र नयाँ काम प्रारम्भ गर्न सकिनेछ । आँट गर्दा ठूलै काम सम्पादन हुन सक्छ । सप्ताहान्तमा यात्राको अवसर प्राप्त भए पनि खर्च बढ्न सक्छ । साइनो गाँस्नेहरूबाट अलि सजग रहनुपर्ने देखिन्छ ।

बृश्चिक :

काम दोहो¥याउनुपरे पनि प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ । आर्थिक रूपमा मनग्गे फाइदा हुनेछ । जुझारू कार्यशैलीले विशेष अवसर दिलाउनेछ भने पुरुषार्थ देखाएरै लाभ हातपार्न सकिनेछ । सहयोगीहरूले साथ दिनेछन् । आफन्तको सहयोगले फाइदा दिलाउनेछ । परिवारमा आमाको माध्यमबाट विशेष काम सम्पादन हुन सक्छ । प्रतिस्पर्धा गर्नेहरूले भने काममा अवरोध पु¥याउनेछन् । साझेदारीमा फाइदाका पछि लाग्दा साथीभाइ टाढिन सक्छन् । तापनि लगनशीलताले लक्ष्यमा अवश्यै पु¥याउनेछ ।

धनु :

शुभचिन्तकहरूको सहयोग जुट्नाले चिताएको काम सम्पादन हुनेछ । लगनशीलताले गुमेको प्रतिष्ठा दिलाउनेछ । लेखन तथा सिर्जनात्मक कामबाट ख्याति मिल्नेछ । साथीभाइको सहयोग जुट्नाले प्रतिस्पर्धीहरूलाई वशमा ल्याउन सकिनेछ । प्रभावशाली व्यक्तिलाई समेत प्रतिस्पर्धामा हराउन सकिनेछ । दिगो फाइदा हुने काम प्राप्त हुनेछ । बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ । रमाइला क्षणको सहयात्री बन्न सकिनेछ । पहिले दिएको वचन पूरा गर्न नसक्दा सप्ताहान्तमा भने विभिन्न समस्या देखापर्नेछन् ।

मकर: 

प्रारम्भमा केही खर्च लाग्ने काम हुन सक्छ पनि प्रतिष्ठत काम गर्ने अवसर प्राप्त हुनेछ । अभावका बाबजुद पछिका लागि खर्च गर्नुपर्ला । तापनि मंगलबारदेखि स्थिति अनुकूल हुनुका साथै स्थितिमा सुधार आउनेछ । आफ्नो समुदायको हक हितको संरक्षण गर्दै धेरैको भलाइ हुने काम गर्न सकिनेछ । लगनशीलताले दाम, नाम र इनाम दिलाउन सक्छ । अभिव्यक्ति कलामा निखारता आउनेछ भने प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ । पुराना साथीभाइसँग भेटघाट गर्ने मौका जुट्नेछ। चल(अचल धन हातलागी हुनेछ ।

कुम्भ : 

सुरुमा आयआर्जन राम्रो हुनेछ । व्यापारमा लाभांश बढ्नेछ भने उठ्नुपर्ने रकम हातलागी हुनेछ । सहयोगीहरू फेला पर्नेछन् । तर सोखले रकम खर्च गर्नुपर्ने स्थिति निम्त्याउनेछ । मंगलबारपछि केही अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहनेछ । फजुल खर्चका बीच कामको बोझ बढ्न सक्छ । आफन्तहरू टाढा हुनेछन् । तापनि मिहिनेतले विभिन्न अवसर दिलाउनेछ । सप्ताहान्तमा परिस्थिति अनुकूल हुनुका साथै प्रतिष्ठित काम गर्ने मौका प्राप्त हुनेछ । सुखदुःखमा साथ दिनेहरू प्रशस्तै फेला पर्नेछन् ।

मीन :

प्रतिष्ठित काम गरेर अवसर हात पार्ने समय छ । आयआर्जन बढ्नुका साथै दिगो फाइदा हुने काम प्रारम्भ गर्न सकिनेछ । मिहिनेत गर्दा राम्रै अवसर पाइनेछ । तर आम्दानीका साथै कामको दायित्व पनि बढ्न सक्छ । मंगलबारदेखि लाभांशको आधा हिस्सा खर्च हुन सक्छ । काम रोकिए पनि दोहोर्याएर प्रयत्न गर्दा फाइदा हुनेछ । सप्ताहान्तमा चिताएको काम रोकिने सम्भावना छ । सामान्य काममा पनि खर्च बढ्नेछ । काम समयमा नबन्दा केही अवसर गुम्न सक्छन् । आफन्तबाट टाढिनुपर्ने स्थिति देखिन्छ ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.