www.tandavnews.com
Fact ~ In search of truth

साताको राशिफल : राशि अनुसार यो साताको आफ्नो भाग्य हेर्नुहोस्

मेष

प्रारम्भमा प्रियजनसँग भेटघाट हुनेछ भने रमाइलो यात्रा गर्ने अवसर जुट्न सक्छ । चिताएका काम बन्नाले प्रशस्तै धनलाभ हुनेछ ।

मंगलवारदेखि अप्ठ्यारा कामको बोझ थपिन सक्छ । चोटपटकको योग देखिएकाले स्वास्थ्यका लागि सजग रहनुहोला । तापनि मिहिनेतले स्थितिमा सुधार ल्याउनेछ । टाढिएका साथीभाइ नजिकिनाले हर्ष बढ्नेछ ।

Batas

शुभचिन्तकहरूको सहयोग जुट्नाले आँटेको काम बन्नेछ । सप्ताहान्तमा आफ्नो क्षेत्रमा प्रभुत्व जमाउँदै दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ ।

वृष

प्रारम्भमा केही उल्झन देखिए पनि हिम्मत गर्दा विभिन्न अवसर प्राप्त हुनेछन् । प्रतिद्वन्द्वीहरूलाई परास्त गर्न सफल भइनेछ। रोकिएका काम बन्नाले आर्थिक पक्ष पनि सबल बन्नेछ ।

खर्च लागे पनि दिगो फाइदा हुने काम सुरु गर्ने अवसर जुट्नेछ । प्रियजनसँगको भेटघाटले बिहीवारसम्म रमाइलो हुनेछ । तर सप्ताहान्तमा अनावश्यक क्षेत्रमा ध्यान दिनाले केही झमेला आइलाग्न सक्छन स्वास्थ्य कमजोर रहने देखिन्छ ।

परिबन्धले स्वतन्त्रतामा बाधा पु¥याउन सक्छ, गोपनीयतामा ध्यान दिनुहोला ।

मिथुन

आफ्नो क्षेत्रमा राम्रै प्रभाव जमाउन सकिनेछ । आँट गर्दा चिताएको काम सजिलै सम्पादन हुनेछ । अध्ययनमा ध्यान केन्द्रित हुनेछ भने मिहिनेतले राम्रै उपलब्धि दिलाउन सक्छ ।

रोकिएका काम बन्नेछन् र नयाँ काम प्रारम्भ गर्न सकिनेछ। मिहिनेतले आम्दानीको दिगो स्रोत जुटाउन सक्छ । व्यवसायका लागि यात्रा गर्ने अवसर जुर्न सक्छ । मन मिल्ने साथी भेटिनुका साथै प्रेमको बन्धन समेत कसिने समय छ ।

साताको अन्त्यमा भने स्वास्थ्य कमजोर रहनुका साथै काम बिग्रने डरले सताउन सक्छ ।

कर्कट

प्रारम्भमा अवसरका लागि केही दौडधुप गर्नु परे पनि चाँडै लाभ उठाउन सकिनेछ ।

टाढिएका आफन्त नजिकिनाले हर्ष बढ्नेछ । बुद्धिले लक्ष्यमा पु¥याउनेछ। अध्ययनमा प्रगति हुनेछ । मन मिल्ने साथी भेटिनुका साथै प्रेमको गाँठो कसिने सम्भावना छ । आतिथ्यपूर्ण सम्मान प्राप्त हुनेछ ।

तर वादविवादको योग रहेकाले व्यवहारमा सजग रहनुहोला । सप्ताहान्तमा व्यापार र उद्योगमा फाइदा हुनेछ । प्रभावशाली व्यक्तिहरूलाई प्रतिस्पर्धामा हराउन सकिनेछ । दिगो फाइदा हुने काम प्राप्त हुनेछ ।

यात्रा गर्ने अवसर जुर्न सक्छ ।

सिंह

जिम्मेवारी प्राप्त भए पनि उपलब्धिका लागि समय प्रतीक्षा गर्नुपर्ला । आफ्नो श्रमबाट अरूले फाइदा उठाउन सक्छन्। तापनि जुझारु कार्यशैलीले प्रतिस्पर्धीहरूको मनोबल कमजोर हुनेछ ।

शत्रुहरूले समेत मित्रताका हात अघि बढाउनेछन् । टाढिएका आफन्त नजिकिनेछन् । चिताएका घरेलु काम सम्पादन हुनेछन् । मनको डर उत्साहमा रूपान्तरित हुनेछ भने दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ ।

लगनशीलताले सफलता दिलाउनेछ । पुरुषार्थी कामले धन र मानसमेत दिलाउनेछ । विभिन्न भौतिक साधन जुटाउन पनि सफल भइनेछ ।

कन्या

बोलीको प्रभाव बढ्नुका साथै पछिसम्म लाभ हुने काम प्रारम्भ गर्ने समय छ । अध्ययनमा प्रगति हुनेछ । मौकामा सहयोगी तथा भौतिक साधन जुट्नाले दिगो योजना प्रारम्भ हुन सक्छ ।

विरोधीहरूले आफ्ना कमजोरीको फाइदा उठाउने चेष्टा गर्नेछन् । तापनि, जुझारु कार्यशैलीले लक्ष्यमा पु¥याउनेछ । प्रयत्न गर्दा राम्रै प्रतिफल प्राप्त हुनेछ । सप्ताहान्तमा भने पारिवारिक असमझदारीले काममा बाधा उत्पन्न गराउने देखिन्छ ।

बुद्धिको उपयोगले काम लिने कोसिस गर्नुहोला । वादविवादले समस्या निम्त्याउने हुँदा समयमै सजग रहनुपर्नेछ ।

तुला

विभिन्न अवसर प्राप्त हुनेछन् भने आँटले काम लिने समय छ ।

तारिफयोग्य काम सम्पादन हुनाले प्रशंसकहरू पनि बढ्नेछन् । बुद्धिको उपयोगले विद्या तथा धन आर्जन हुनेछ भने सानो प्रयत्नले ठूलो काम बन्नेछ । मिहिनेतले सम्मानित स्थान दिलाउनेछ । नयाँ कामको प्रस्ताव आउनेछ ।

मित्रहरूको सहयोग जुट्नाले महत्वपूर्ण काम बन्नेछ । पहिले गुमेको स्थान प्राप्त हुन सक्छ । शुभचिन्तकहरूको सञ्जाल फराकिलो हुनुका साथै काममा धेरै सहयोगीहरू जुट्नेछन् ।

आम्दानी बढ्नुका साथै बहुमूल्य वस्तुहरू संकलन गर्न सकिनेछ ।

वृश्चिक

प्रारम्भमा खर्च बढ्नाले अर्थ अभाव देखा पर्न सक्छ । तापनि शुभचिन्तकहरूको सहयोग जुट्नाले समस्याको समाधान हुनेछ । रोकिएका काम दोहो¥याउनुपर्ला ।

मंगलवारदेखि आफन्तसँगको सम्पर्कले मनमा आनन्द मिल्नेछ। भोजभतेरको निम्तो आउन सक्छ । पारिवारिक जमघटमा मन रमाउनेछ । चिताएका काम सम्पादन हुनेछन् । नाम र दाम प्राप्त हुनेछ । सप्ताहान्तमा भने केही समस्या आउन सक्छन् ।

हिसाबकिताबमा सावधान नहुँदा वादविवादमा परिने सम्भावना देखिन्छ । बलजफ्ती गर्ने बानीले समस्या निम्त्याउन सक्छ ।

धनु

प्रारम्भमा विशेष अवसर जुट्नुका साथै पछिसम्म फाइदा हुने काम प्रारम्भ हुनेछ । आम्दानीका स्रोतहरू बढ्नेछन् । सरसापटमा धन बाहिरिनाले बचत भने नहुन सक्छ ।

सोख पूरा गर्नलाई पनि खर्च बढ्नेछ । तापनि आजको लगानी पछिका लागि फाइदाजनक हुनेछ । आफन्तबाट टाढिनुपर्ने स्थिति आए पनि भविष्यको मार्गचित्र कोर्ने समय छ । प्रयत्न गर्दा लामो यात्रा गर्ने अवसर पनि प्राप्त हुनेछ ।

सप्ताहान्तमा पहिले दिएको वचन पूरा गर्न नसक्दा समस्या देखापर्नेछ । स्वास्थ्यमा मौसमी गडबडीले सताउने हुँदा खानपानमा सजग रहनुहोला ।

मकर

अवसर प्राप्त भए पनि अपेक्षाअनुसार फाइदा नउठ्न सक्छ ।

अधिकार सुरक्षा गर्न जुट्नुपर्नेछ । तापनि मिहिनेत गर्दा प्रतिष्ठित काम गरेर नाम, दाम र इनाम हातपार्न सफल भइनेछ । आँटले काममा सफलता दिलाउनेछ । मंगल, बुध र बिहीवार आयआर्जन बढ्नुका साथै दिगो फाइदा हुने काम सुरुआत गर्ने अवसर जुट्नेछ ।

सप्ताहान्तमा भने अनियन्त्रित खर्च हुनेछ । परिस्थितिवश अर्थ अभाव देखा पर्न सक्छ । रकम जुटाउन दौडधुप गर्नुपर्ला । अरूको वचन टाल्न नसक्दा दुस्ख पाइनेछ र खर्च पनि हुनेछ ।

कुम्भ

प्रतिष्ठित काम गरेर समाजमा स्थापित हुने समय छ । काम देखाएर उपलब्धि हातपार्ने मौका छ । नयाँ काम वा नोकरी प्राप्त हुन सक्छ । विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ ।

तारिफयोग्य काम सम्पादन गर्दै लोकप्रियता हासिल गर्न सकिनेछ । बीचमा केही विवादास्पद जिम्मेवारी वहन गर्नुपरे पनि प्रयत्न गर्दा नोकरी प्राप्त हुन सक्छ । मिहनतले दाम र इनाम दिलाउन सक्छ । मित्रता र प्रेमको बन्धन कसिनेछ ।

सप्ताहान्तमा आम्दानी बढ्नेछ भने परिश्रमअनुसार राम्रै फल प्राप्त हुनेछ । मिहिनेत गर्दा ठूलो परिमाणमा धन आर्जन हुनेछ ।

मीन

स्वास्थ्य कमजोर रहे पनि मिहिनेत गर्दा सफलताको सूत्र पत्ता लगाउन सकिनेछ ।

समस्या दर्साउँदा सहयोगीहरू जुट्नेछन् र काम सफल हुनेछ । मंगलवारदेखि नाम, दाम र इनाम हात पार्ने समय छ । समुदायको हक हितको संरक्षण गर्न सकिनेछ । मन मिल्ने साथी भेटिनुका साथै प्रेमको बन्धन कसिन सक्छ । विशेष व्यक्तिसँग भेटघाट हुनेछ ।

आम्दानीको स्रोत सबल बन्नुका साथै दिगो फाइदा हुने काम सुरुआत होला ।

सप्ताहान्तमा नाम, दाम र इनाम प्राप्त हुनाले जीवनशैलीमा पनि सुधार आउनेछ ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.