www.tandavnews.com
Fact ~ In search of truth

साताको राशिफल : राशि अनुसार आफ्नो भाग्य हेर्नुहोस्

मेष : बीचमा केही उतारचढाव आए पनि यो साताको सुरुमा दिगो काम प्रारम्भ हुनेछ । मिहिनेतले सफलताको उचाइमा पु¥याउन सक्छ । तारिफयोग्य काम गर्दै लोकप्रियता हासिल गर्न सकिनेछ । प्रतीक्षित नतिजा र आकर्षक उपहारले उत्साहित भइनेछ । रोकिएका काम सम्पादन हुनेछन् । तर खर्च बढ्ने समय रहेको हुँदा धेरै रकम जोहो गर्नुपर्ला ।

वृष : समयको महत्व बुझ्नेहरूलाई भाग्यले राम्रो साथ दिनेछ । धर्मकर्म तथा सेवामूलक काममा प्रवृत्त भइनेछ। कर्मक्षेत्र सबल रहनेछ भने विभिन्न अवसरले पछ्याउनेछन् । मिहिनेतले सफलताको उचाइमा पु¥याउनेछ । कीर्तिमानी काम सम्पादन हुनेछ । विशिष्ट व्यक्तिहरूसँगको सहकार्यले विशेष फाइदा दिलाउनेछ । व्यापार, साझेदारी र सट्टापट्टामा लाभ मिल्नेछ ।

मिथुन : प्रारम्भमा कमजोर शरीर लिएर कठिन काममा जुट्नुपर्ला । अरूको स्वार्थमा उपयोग भइने हुँदा व्यवहारमा सजग रहनुहोला । काम गर्दा समेत जस नपाइनाले मन खिन्न रहनेछ । परिबन्धले केही झमेला निम्त्याए पनि हिम्मत गर्दा काम बन्न सक्छ । स्वास्थ्य कमजोर रहे पनि मिहिनेत गर्दा सफलताको सूत्र पत्ता लगाउन सकिनेछ।

Batas

कर्कट : प्रबल इच्छाशक्तिले लक्ष्यमा पु¥याउनेछ । रमाइलो यात्राका बीच महत्वपूर्ण भेटघाट हुने सम्भावना छ । व्यावसायिक काममा राम्रो फाइदा हुनेछ । बीचमा अस्वस्थताको योग देखिएकाले खानपानमा सजग रहनुहोला । अर्थ अभावले आँटेको काम स्थगित हुन सक्छ। कामको बोझ थपिनेछ भने परिस्थितिले संघर्षको यात्रामा अग्रसर गराउनेछ ।

सिंह : मिहिनेतले अवसर दिलाउनेछ भने प्रतिद्वन्द्वीहरू पछि पर्नेछन् । रोकिएका काम बन्नाले आम्दानी बढ्नेछ। सरल जीवनशैलीले अरूलाई प्रभावित बनाउन सकिनेछ । खर्च लागे पनि विलासी वस्तुहरू जुटाउन सकिनेछ । रमाइलो यात्रा गर्ने असवर पनि प्राप्त हुनेछ। बिहीवारपछि परिबन्धले केही झमेला निम्त्याउन सक्छ ।

कन्या : अध्ययनमा प्रगति हुनेछ । सेवामूलक कामबाट धनलाभ हुनेछ । शुभचिन्तकहरूले साथ दिनेछन् । बुद्धिको उपयोगले लक्ष्यमा पुग्न सकिनेछ । अध्ययनमा प्रगति हुनेछ । पेसामा फाइदाको स्रोत पहिल्याउन सकिनेछ । मन मिल्ने साथीसँग वादविवाद हुन सक्छ। तापनि मित्रता र प्रेमको गाँठो कसिने सम्भावना छ ।

तुला : प्रारम्भमा काम बिग्रने भयले सताउन सक्छ । आफन्तजन टाढिनाले एक्लोपनाको अनुभूति हुनेछ । काम बिग्रने भयले सताउन सक्छ । शुभचिन्तकहरूको सुझावलाई मनन गर्नुहोला । मंगलवारदेखि स्थितिमा केही सुधार आउनेछ । अध्ययनमा ध्यान केन्द्रित हुनेछ भने मिहिनेतले उपलब्धि दिलाउन सक्छ ।

वृश्चिक : बीचमा केही उतारचढाव आए पनि यो सातामा पुरुषार्थी काम गर्दै लोकप्रियता हासिल गर्ने समय छ । अग्रज तथा सहयोगीहरूले राम्रो साथ दिनेछन् । विशेष अवसरले ठूलै काममा हिम्मत जगाउनेछ । दिगो फाइदा हुने काम शुभारम्भ हुन सक्छ । पुरुषार्थ देखाएर दाम समाउने अवसर छ । आँटेको काम बन्नाले मनको डर उत्साहमा रूपान्तरित हुनेछ ।

धनु : प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ । आर्थिक रूपमा मनग्ग्गे फाइदा हुनेछ । जुझारू कार्यशैलीले विशेष अवसर दिलाउनेछ भने पुरुषार्थ देखाएरै लाभ हातपार्न सकिनेछ । सहयोगीहरूले साथ दिनेछन् । आफन्तको सहयोगले फाइदा दिलाउनेछ।सोखले खर्च बढाए पनि भौतिक साधन जुटाउन सकिनेछ ।

मकर : प्रतिस्पर्धीहरूलाई वशमा ल्याउन सकिनेछ । व्यवसायमा दिगो फाइदा हुने काम हातलागी हुनेछ। बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ । पहिले दिएको वचन पूरा गर्न नसक्दा सप्ताहान्तमा भने समस्या देखापर्नेछ । केही विवादास्पद जिम्मेवारी समेत वहन गर्नुपर्ला ।

कुम्भ : प्रारम्भमा खर्च बढ्ने हुँदा धेरै रकम जोहो गर्नुपर्ला । थैलीको मुख बलियो नहुँदा धनमाल हराउन सक्छ। सोमवारदेखि आफन्तसँगको सम्पर्कले मनमा आनन्द मिल्नेछ । नयाँ काममा हात हाल्ने अवसर जुट्नेछ । मिहिनेतले नाम, दाम र इनाम दिलाउनेछ । सप्ताहान्तमा भने आफ्नो कामबाट अरूले लाभ उठाउने चेष्टा गर्नेछन् ।

मीन : सञ्चित कर्मको प्रतिफल प्राप्त हुनेछ । आम्दानी बढ्नाले विभिन्न आवश्यकता पूरा हुनेछन् । सप्ताहान्तमा आफन्त र साथीभाइसँग रमाइलो भेटघाट हुनेछ । शुभचिन्तकहरूले साथ दिनेछन् । आफ्नो क्षेत्रमा राम्रै प्रभाव जमाउन सकिनेछ । हिम्मत गर्दा चिताएको काम बन्नेछ र अध्ययनमा ध्यान केन्द्रित हुनेछ ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.