www.tandavnews.com
Fact ~ In search of truth

हस्पिटालिटि नेपाल कन्टेस्टको तेस्रो संस्करण हुने

पोखरा,
ताण्डव न्यूज ।

एपी इन्टरटेनमेन्टको प्रस्तुतिमा ‘हस्पिटालिटी नेपाल कन्टेस्ट– २०१९’ तेस्रो संस्करण हुने भएको छ । तेस्रो संस्करणको लागि आजै देखि आवेदन खुलाएको शनिबार पत्रकार सम्मेलन गरी जानकारी दिइएको हो ।

हस्पिटालिटी सेक्टरमा अध्ययनसंंगै कार्यरत युवापुस्ताहरुलाई लक्षित गरि इभेन्टको आयोजना गरिएको एपी इन्टरटेनमेन्टमा प्रबन्ध निर्देशक अर्जुन पाण्डेले बताए ।

Batas

‘हस्पिटालिटी क्षेत्रमा आबद्ध हुनेका लागि यो विशेष मञ्च हो,’ उनले भने, ‘पहिलो र दोस्रो संस्करणको सफलता संगै हामिले तेस्रो संस्करणको आयोजना गरेका हौ ।’

पोखराबाहेक काठमाडौ, बुटवल, चितवनमा समेत आवेदनका व्यवस्था गरिएको छ । त्यतिमात्र नभई इभेन्टमा देशभरिबाट आवेदन फर्म भर्न पाइनेछ ।

उनले भने, ‘आवेदन फार्म भरिएकाहरु मध्येबाट देशव्यापि छनौटमार्फत फाइनलका लागि २५ कन्टेस्टेन्टहरु छनोट हुनेछन् ।’ महिलाा र पुरुष दुवै सहभागि हुन सक्ने त्यस इभेन्टमा एक जना विजेता छनोट हुने पाण्डेले बताए ।

तेस्रो हस्पिटालिटी नेपाल कन्टेस्ट हुनेलाई थाइल्याण्ड वा दुबई भ्रमण संगै नगद पुरस्कारको व्यवस्था गरिएको छ । साथै दोस्रो र तेस्रो हुनेले आन्तरिक भ्रमण प्याकेज साथमा नगद पुरस्कार प्राप्त गर्नेछन् ।

त्यस्तै सहभागि अन्य प्रतिस्पर्धीहरुका लागि बारिष्टा टे«निङ, बारटेन्डर ट्रेनिङ, पब्लिक स्पिकिङ, ड्रेसिङ सेन्स लिडरशिप तथा सेल्फ मार्केटिङ स्किल, कम्युनिकेशन स्किल डेभलपमेन्ट, मोटिभेसन स्किल लगायतको तालिमहरु दिइने आयोजकले जानकारी दिए ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.