www.tandavnews.com
Fact ~ In search of truth

‘नयाँ सोच र अनुभवले पर्यटक भित्राउन सकिन्छ’

पोखरा
ताण्डव न्यूज ।

१. व्यवसाय कस्तो हुँदैछ ?

समग्रमा व्यवसाय राम्रैनै चलेको छ । सिजनमा पर्यटकको चाप राम्रो हुँदा व्यवसाय पनि राम्रो हुन्छ, अफ्सिजनको व्यवसाय सोचे जस्तो हुँदैन । सोचेको जस्तो प्याकेज बनाउन सकिरहेको छैनौ ।

Batas

२. होटल व्यवसायमा लामो अनुभव भएकाले मात्र गर्न सक्छन भन्छन नी तपाई कम उमेरको हुनुहुन्छ चुनौती कत्तिको छ ?

अनुभव भनेको काम र भोगाईबाट आफैले बटुल्ने कुरा हो । कसैले छिटो अनुभव लिन्छन् भने कसैले ढिलो । मेरो ३ बर्षदेखिको व्यवसाय यात्रामा मलाई सहयोग गर्ने सम्पूर्ण सहयोगी हातहरुको साथले छोटो समयमा मैले धेरै अनुभव बटुल्न सकेको हुँ ।

कम उमेरकै कारण केहि मात्रामा चुनौतीहरु सामाना गरेको छु । यिनै चुनौतीको सामना गरेर हिँड्दा सानै उमेर भएपनि म केहि नयाँ र नौलो तरिकाले सोच्दै सबै चुनौतीलाई पार गर्दै अगाडि बढिरहेको छु ।

३.पोखराको पर्यटन क्षेत्रमा व्यवसायिक अभाव भएको हुनाले राम भरोसा चलेको छ भन्छन् नि, यस विषयमा के भन्न चाहानु हुन्छ ?

नेपालको पर्यटन क्षेत्रमा पोखरा एक महत्वपूर्ण क्षेत्र हो । यस पर्यटन क्षेत्रमा धेरै नै व्यवसायीहरु वेतित हुनुहुन्छ । पोखरामा मात्रै दर्तामा करिब ४०० को हाराहारीमा होटल व्यवसायहरु हुनुहुन्छ, जसले आफ्नो तर्फबाट हरेक नयाँ किसिमको कार्यक्रमहरु ल्याउनु भएको छ ।

अझै राम्रो सरकारको पोलिसि हुथ्यो भने पर्यटन क्षेत्रको अझै छिटो विकास हुन्थ्यो, पर्यटकको संख्या बढ्ने थियोे । भिजिट नेपाल २०२० भनेर तोकिएको छ र पक्कै पनि हामीले पर्याप्त विदेशी पर्यटकलाई त्यससमयमा हाम्रो देशमा भिœयाउने पहल गर्नेछौ र सफल बनाउनेछौँ ।

४. तपाई युवा हुनुहुन्छ तपाईको विचारमा पोखरामा धेरै पर्यटक भित्रयाउन के गर्नु पर्ला ?

युवा सोच र जागार छ यसको लागि सबैभन्दा मुख्य र महत्वपूर्ण कुरा हो सहयोग । सहयोग बिना अगाडि बढ्न सकिदैन् । त्यसकारण आफ्नो केहि युवा साेंच र जागरलाई समेटेर र पर्यटन व्यवसायमा लाग्नु भएको व्यवसायीहरु मिलेर अघि बढ्न सक्यो भने पोखरामा धेरै पर्यटक भित्रायाउन सकिन्थ्यो । सहयोगसँगै मिलेर केहि नयाँ भिजन ल्यायौँ भने पक्कै सफल भइन्छ ।

पोखरामा धेरै होटहरु छन् । दिन दिनै नयाँ–नयाँ होटलहरु खुल्दै छन्, पर्यटकलाई हासीखुसी भएर बिदाई गर्ने चलन छ । धेरै सुविधाहरु समेटिएका छन् अहिलेको नयाँ होटलहरुमा पर्यटकहरु पक्कै पनि रमाउछन् अब पर्यटक भिœयाउन हामिले नयाँ प्याकेजहरु ल्याउनुपर्छ । टुरिजम एक्सप्लोर गर्नुपर्छ, नयाँ–नयाँ एडभेन्चर गेमहरु साथसाथै ट्रेकिङ रुटहरु खोजी गराउनुपर्छ । यि सबै पहल गरेर र अन्य नयाँ सोच ल्याएमा पोखरामा हामिले धेरै पर्यटकहरु भिœयाउन सक्ने छौ ।

५. पोखरामा कस्ता प्रकृतिका पर्यटन आउँछन ?

पोखरा भनेको नेपालको दोस्रो राजधानी हो । सुन्दर, हरियाली र वातावरण स्वच्छ रहेको पोखरामा आउने पर्यटक कोहि परिवारसँग घुम्न र कोहि पोखराको धार्मिक स्थलको अवलोकन गर्न आउँछन् । पोखरा एक धार्मिक स्थल भएको कारणले पनि इन्डियन टुरिस्ट पर्याप्त मात्रामा आउने गर्दछन् । पोखरा प्राकृतिक सुन्दरताले भरिपूर्ण छ त्यसैले पनि सबैको मनलाई लोभ्याएको छ । पोखरामा धेरै जातजाति भएको हुनाले पर्यटकहरु यहाँको कल्चरबारे अब्जर्ब गर्न आएको पाइन्छ । जसमा यहाँका भेषभुषा, खानाहरु यहाँको रहनसहन, रितिरिवाजको अवलोकन गरि यहाँको बारेमा बुझद्छन् । साथसाथै मनोरञ्जनको सुविधा धेरै भएको कारणले पनि पोखरा घुम्न रुचाउँछन् । प्याराग्लाइडिङ, अल्ट्रालाइट फल्इट, बन्जि जम्प आदि जस्ता मनोरञ्जनका सुविधाहरुले पर्यटकहरुलाई लोभाइरहेको छ ।

६. पर्यटकको लागि कतिपय होटेल असुरक्षित बनेको खबर पनि आएको छ, यसमा तपाई के भन्नु हुन्छ ?

हो थोरै केहि होटलहरु छन् त्यस्ता पूर्ण सत्यता नभएतापनि आम्सिक सत्यता छ । व्यवस्थित ठंगले नचलाएको कारणले जस्तै कम्पाउण्डहरु राम्रोसँग लाएको छैन , चोरिहरु हुने सम्भावना बढि छ, पार्किङ असुविधाको कारणले गर्दा महङ्गा गाडिहरु असुरक्षित हुने गर्दछन् । सिंगल आउने गेष्टलाई कहि कतै ह्यारेष्टमेन्ट गरेको भन्ने कतैकतै सुन्नमा आउँछ ।

७ .तपाईको होटेलको बारेमा जानकारी दिनुन ?

मेरो होटलको कुरा गर्दा, हामी करिब ३०–३५ बर्ष अगाडिबाट पर्यटन होटल व्यवसायमा संलग्न हुदै चितवन देखि पोखरा सम्म आएका छौ । होटल क्राउन हिमालयज ७ रोपनिमा फैलिएको छ । यसमा ४० वटा सुबिधा सम्पन्न कोठाहरु छन् । जस्मा ४ वटा सुइट र ३६ वटा डिलक्स छन् र सबै रुममा फराकिलो बाल्कुनी ठूलो गार्डेन सहित पार्किङको पनि सुविधा छ ।

करिब ६० जना अट्ने कनफ्रेन्स हल पनि उपलब्ध छ । अब निकट भविष्यमा अर्काे पनि १०० जना क्षमताको कनफ्रेन्स हल र साथ साथै सुइमिङ पुल अनि नयाँ सुपर प्लेक्स रुमहरुको पनि निर्माण हुँदैछ । सुविधा सम्पन्न रेष्टुरेन्ट तथा बार पनि होटलमा उपलब्ध छ । यस बाहेक हामीकहाँ आउने पाउनालाई खुल्ला हृदयले गुणस्तरीय सेवा, माया र सम्मान दिन्छौ ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.