अर्जुन गिरी
पाेखरा, ताण्डव न्यूज ।
हुण्डी कारोवार गरेको आरोपमा पोखरा–८ सभागृहचोकमा रहेको लुम्बिनी मनी ट्रान्सफरका संचालक नेत्रलाल ज्ञवाली पक्राउ परेका छन् ।
४ नम्बर प्रदेश प्रहरी कार्यालयको आरआईटी टोलीले ५१ वर्षीय ज्ञवालीलाई आज (शुक्रबार) कारोबार गरिरहेकै अवस्थामा १ लाख ५० हजार रुपैयाँसहित पक्राउ गरेको हो ।
विगतमा पनि हुण्डी कारोबार गर्दै आएको भन्ने सूचना पाएपछि आरआईटीका सई ईश्वर थापाको कमाण्डमा गएको टोलीले गुल्मी सत्यवती गाविस–४ घर भई हाल पोखरा–८ बस्दै आएका ५१ वर्षीय ज्ञवालीलाई हुण्डी कारोबार गर्दागर्दै पक्राउ गर्न सफल भएका हुन् ।
ज्ञवालीसहित त्यहाँ काम गर्ने कर्मचारी प्रकाश थापा, उनीहरुले प्रयोग गर्ने मोवाईल, कम्प्युटर र कागजात जिल्ला प्रहरी कार्यालय कास्कीले नियन्त्रणमा लिएको छ । कारोवार गर्दा गर्दै पक्राउमा परेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता तथा डिएसपी रवीन्द्रमान गुरुङले बताए । थप अनुसन्धान भई रहेको डिएसपी गुरुङले बताए ।
नेत्रलाल ज्ञवाली संचालक गर्दै आएको उक्त मनी ट्रान्सर्फर भने हेमनाथ ज्ञवालीको नाममा रहेको छ ।
भिडियाे हेर्नुहाेस्
हेर्नुहाेस् भिडियाे ! पक्राउ परे लुम्बिनी मनी ट्रान्सफरका हुण्डी कारोबारी ज्ञवाली
हेर्नुहाेस् भिडियाे ! पोखरामा यसरी पक्राउ परे लुम्बिनी मनी ट्रान्सफरका हुण्डी कारोबारी ज्ञवालीnews link : https://www.tandavnews.com/hundi-pokhara/
Gepostet von Tandav News am Freitag, 16. November 2018
© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.