www.tandavnews.com
Fact ~ In search of truth

धम्काउनेलाई कारवाहीको माग गर्दै शिक्षक अविभावक सघंका अध्यक्ष

पोखरा
ताण्डव न्यूज ।

तालवाराही माध्यमिक विद्यालयका शिक्षक अविभावक संघका अध्यक्ष नारायण अधिकारीले आफूलाई धम्काउने सन्तोष अधिकारीलाई कारवाही हुनु पर्ने माग राखेका छन् ।

सन्तोषले सार्वजनिक ठाँउमा जनप्रतिनिधिकै आगाडी अपशब्द बोल्दै मार्ने धम्की दिएको अध्यक्ष नारायणले ताण्डव न्यूजसँग गुनासो पोखे ।

Batas

‘तालबाराही स्कूलको जग्गाको विषयलाई लिएर कुराकानी गर्दा सन्तोषले सबैको अगाडी मलाई अपशब्द बोल्दै धम्की थिएको हो,’ उनले भने, ‘छलफल गर्ने भन्दै आज वडा प्रहरी कार्यालय वैदाममा जाँदा त्यहाँ पनि मलाई धम्की पूर्ण अभिव्यक्ति दिइयो ।’

प्रहरी कहाँ नै धम्की दिएपछि असुरक्षित महशुस गर्दै अध्यक्ष नारायणले मिडिया गुहार्न बाध्य भएको बताए । ‘जनप्रतिनिधिकै अगाडी जेठ ११ गते थर्कायो,’ उनले भने, ‘आज प्रहरी कहाँ नै त्यसरी नै कुरा गर्यो ।’

घटना जेठ ११ गते हो । तालवाराही विद्यालयको स्वामित्वमा रहेको डिहिको पाटनको जग्गामा त्यहाँका केही स्थानीयले आफ्नो खुशी डोजर लगाए । त्यस दिन विद्यालयमा अविभावक भेला तथा छात्रवृत्ति कार्यक्रम थियो । त्यतिकैमा विद्यालयको जग्गामा विना अनुमती डोजर लगाएको भन्ने खबर आएपछि सबै त्यहाँ पुगेका थिए । सोही क्रममा कुरा गर्दा अध्यक्ष नारायणलाई सन्तोषले अपशब्द बोल्दै थर्काएका थिए ।

भनाभन मात्र भएको सन्तोषले बताए । ‘आवेशमा आउँदा अलि अलि रिसाएको थिए,’ उनले भने, ‘मैले सार्वजनिक जग्गा बचाउनु पर्छ भनेर कुरा गरेको हुँ ।’ आज वैदाम प्रहरी कार्यालयमा कुरा मिलेको सन्तोषले सुनाए ।

सन्तोषले अध्यक्ष नारायणलाई गाली गरेको पोखरा–६ वैदामका कार्यवाहक अध्यक्ष हरि पहारीले बताए । ‘सन्तोषले रिसको बेलामा बोलेका हुन्,’ उनले भने, ‘आज वैदाममा सन्तोषले नारायण समक्ष माफि पनि मागेका हुन् । तर नारायणलाई सन्तोषको कुरामा चित्त नबुझेपछि भोलि वडामै दुवै जनालाई छलफलको लागि बोलाएको छु ।’

यदि नारायण अन्यायमा परेका हुन् भने दोषिलाई तुरुन्तै कारवाही गर्ने वडा प्रहरी कार्यालय वैदामका प्रमुख तथा डिएसपी नविन कार्कीले बताए । ‘जनप्रतिनिधिकै रोहवरमा आज छलफल भएको थियो,’ उनले भने, ‘अझै पनि पीडितले चाहन्छ भने मकहाँ आएर भनोस् म सार्वजनिक मुद्दा चलाएर कारवाहीको दायरामा ल्याउने छु ।’

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.