www.tandavnews.com
Fact ~ In search of truth

पोखरा थिएटरमा नाटक ‘जिउँदो आकाश’ मञ्चनको तयारी

पोखरा ।

पोखराको ग्रैहापाटनमा रहेको पोखरा थिएटरद्धारा सञ्चालित गन्र्धव नाटकघरमा नाटक ‘जिउँदो आकाश’ मञ्चन हुने भएको छ ।

डाँफे थिएटरको प्रस्तुतिको यस नाटकलाई पोखरा थिएटरको सहकार्यमा पोखरामा मञ्चन गर्न लागिएको हो । नाटक आगामी बैशाख १ गतेदेखि १५ गतेसम्म हरेक दिन दुई सो मञ्चन हुने पोखरा थिएटरका अध्यक्ष परिवर्तन कार्कीले जानकारी दिए ।

Batas

पन्ध्र दिने नाटक मञ्चनलाई व्यवस्थित बनाउदै नाट्यप्रेमीलाई नाटक हेर्न नाटकघरसम्म पु¥याउने उद्धेश्यले तयारी सुरु गरेको उनले जनाए ।

आरके मेहता रोसनको परिकल्पना र निर्देशनको यो नाटकलाई चन्द्रप्रसाद पाण्डेयले लेखेका हुन् । नाटकमा एकल कलाकारको रुपमा अनिल सुब्बाले अभिनय गर्नेछन् ।

एकल अभिनयमा दर्शकलाई आर्कषित गर्न उनले गरेको मेहनत नाटकमा हेर्न पाइनेछ । तेस्रोलिंगीको विषय समेटिएको यस नाटक हेरेर पोखरेली दर्शकले नाटकको नयाँ स्वाद चाख्न पाउनेछन् ।

झण्डै एक घण्टा लामो नाटकमा अनिलले तेस्रोलिंगीको बालापन देखि युवाअवस्थाको अभिनय मार्फत चित्रण गर्नेछन् ।

हरेक दिन दिउँसो १ बजे र ५ बजे मञ्चन हुने नाटक हेर्न सर्वसाधरणका लागि तीन सय र पाँच सय तथा विद्यार्थीका लागि एक सयको टिकट काट्नुपर्ने हुन्छ ।

निरन्तर नाटक मञ्चन पोखरामा गर्ने योजनाका साथ यतिबेला पोखरा थिएटरको प्रस्तुतिमा मञ्चन हुने नाटक बितेका कुराको लागि रिर्हसल समेत सुरु गरिएको पोखरा थिएटरका अध्यक्ष परिवर्तन कार्कीले बताए ।

पोखरा थिएटर सञ्चालनमा आएपछि पोखराको रंगमञ्च पुनः सक्रिय बनेकोले नाटकप्रतिको दर्शकको मोहलाई जोगाइराख्न थिएटर निरन्तर लागिरहने सञ्चालक मध्येका एक दिलप्रसाद गुरुङले बताए ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.