www.tandavnews.com
Fact ~ In search of truth

मुस्ताङमै भएपनि पढ्नमा समस्या भएन

पाेखरा
ताण्डव न्यूज । 

मुस्ताङको पनि उपल्लो मुस्ताङ लोमाङथाङ गाउँमा जन्मिएको म ७ बर्षको भएपछि स्कुलमा भर्ना भएको थिएँ । त्यो समयमा गाउँघरमा धेरै राम्रो स्कुलहरु हुने थिएन । त्यहीँ पनि पढे, त्यति खेर पढाइलाई भन्दा घरकै कामलाई बढी महत्व दिइन्थ्यो ।

मेरो पढाइको सुरुवात राष्ट्रिय माध्यमिक विद्यालयदेखि सुरु भएको हो । ७ कक्षा सम्म मैले राष्ट्रिय माविमा पढेको हुँ । त्यसपछि ८ कक्षामा भने मैले दिव्यदिप माध्यमिक विद्यालय छोशेङ्गबाट पढेको हो । ९ र १० कक्षा जनहित मावि जोमसोमबाट पढेँ ।

तर, १० कक्षाको पढाइलाई भने विचमै छोडनु प¥यो । घरायसी कामलाई नै निरन्तर दिनुपर्ने हुनाले मेरो एसएलसी कम्पिल्ट हुन सकेन । पढाई राम्रो थियो तर, अभिभावकहरुमा पढ्नुपर्छ भन्ने भावना निकै कम हुनाले पढ्ने वातावरण मिलेन ।

त्यहीँ भएर पनि मैले पढाइलाई १० कक्षा पूरा नगरी छोडनु प¥यो । बाल्यअवस्थामा मेरो स्वभाव धेरै नै सिरियस खालको थियो । घरको हरेक काममा आमालाई सघाउँने गर्थे । आमाको निकै प्यारो छोरा पनि थिए म ।

मुस्ताङको लेकमा हुर्किएको भएपनि स्कुल जाँदा समस्या भने भएन । ७ कक्षा सम्म पढदा स्कुल गाउँमा नै भएकाले दुःख भएन । छोसाङमा पढ्दा आउँदा जादा लगभग डेढ घण्टाको बाटो हिँड्नु पथ्र्यो । ठिटो भएकाले पनि होला त्यो उमेरमा रमाइलो लाग्थ्यो । तर, जोमसोङमा ९ र १० कक्षामा पढ्दा निकै गाह्रो भएको थियो ।

मैले पहिले पढेको पढाइ र जोमसोङ सदरमुकामको पढाइमा धेरै फरक पाए । सदरमुकामको पढाई धेरै विकसित तरिकाको थियो । त्यसकारणले पनि मलाई अरु विषयमा भन्दा अंग्रजी विषय निकै गाह्रो भयो । मैले पढाइमा धेरै मिहेनत गरेर पढे । ९ कक्षा राम्रोसँग पास गरे ।

मलाई अझै पनि सम्झँना छ । ४ कक्षामा हुँदा अंग्रेजी पढ्न सुरु गरेको भएपनि ९ कक्षा पढ्दा बल्ल मलाई ए, बी, सी, डि आउँथ्यो । जोमसोङमा पढ्दा मलाई बल्ल अंग्रेजी सुरु गरेको फिल भयो । त्यसकारणले गर्दा पनि मलाई त्यो समय धेरै नै कठिनाई भयो । तर गणित र विज्ञान बिषयमा मेरो पढाई धेरै नै राम्रो थियो । यतिसम्मकी विज्ञान प्रयोगात्मक कक्षाको चाबी सरले मलाई नै दिनुहुन्थ्यो ।

Mahanagar add

मलाई खेलकुदमा सानैदेखि रुची थिइन । नाचगानमा भने स्कुले उमेरदेखि नै निकै रमाइलो लाग्थ्यो । नाच प्रतियोगितामा प्रथम भएर मैले जिल्लाका थुप्रै पुरस्कारहरु पनि जितेको छुँ । स्कुलमा हुने हरेक अतिरिक्त कार्यक्रमहरु समेत म आफैले सञ्चालन गर्थे ।

मलाई अझै याद छ ‘लाहुरे हुन नजादै खेर गयो अबत, नेपाली रगत’ भन्ने झयाउँरे गीतमा पहिलो पटक नाँचेको थिएँ । सायद यो गीत अहिले गाउँदा पनि हिट हुन्छ होला ।

हाम्रो मुस्ताङमा बर्षायामको समयमा ६ महिना पढाइ हुन्थ्यो र हिउँदको समयमा ६ महिना पढाइ हुँदैन थियो । उपल्लो मुस्ताङमा भने पढाइ नै हुदैन्थ्यो तर जोमसोङमा भने पढाइ हुने थियो । प्रायः बढी नै चिसो मौसममा स्कुलहरु बन्द नै हुने गर्थे । कोर्ष सकिन गाह्रो हुन्थ्यो ।

स्कुल छुट्टि भएपछिको समय रमाइलो हुन्थ्यो । साग टिप्ने, गोबर फाल्ने, घोडा, गाई चराउने कामहरुमा गर्नुपथ्र्यो । घरमा बसेर पढ्ने होमवोर्क गर्नुपर्छ भन्ने चेतना नै थिएन । गाउँमा पालो परेको समयमा स्कुलै हापेर बस्तुभाउ चराउन जाने गथ्र्यौ ।

स्कुल जीवनमा म कुलतमा फसे, जुन अहिले सम्म पनि छुटाउन सकेको छैन् । मुस्ताङमा बाढी आएको बेला थियो । त्यो बाढीमा जनकपुर चुरोट कारखानाको गोदाम नदीको किनारमा रहेको हुनाले त्यो घर चर्किन थाल्यो ।

गोदाम सार्नुपर्ने भएपछि १० कक्षा पढ्ने सबै साथीहरु काम गर्न गयौ । त्यसैबेला सबैले चुरोटको डब्बा लुकाएर ल्याएका थियौ । त्यहीँ चुरोट सबैले खाना थाल्दै गएपछि बानी प¥यो जुन अहिले सम्म छुटाउन सकेको छैन् ।

प्रस्तुति : बिनिता सुनार

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

Bernhardt
सम्बन्धित खवर
टिप्पणिहरु
Loading...