www.tandavnews.com
Fact ~ In search of truth

घाइते पत्रकार घनश्याम पाण्डेलाई भेट्न पुगे वातावरण मन्त्री रामशरण बस्नेत

पोखरा (रासस)

प्रदेश नं ४ का उद्योग, वन, पर्यटन, आपूर्ति तथा वातावरण मन्त्री रामशरण बस्नेतले समाचार संकलनका क्रममा घाइते हुनुभएका पत्रकार घनश्याम पाण्डेको स्वास्थ्यस्थितिबारे जानकारी लिनुभएकोछ ।

विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले मंगलबार आह्वान गरेको बन्दका क्रममा पोखराको विजयपुर खोला पुल नजिकै भएको टाइम बम विफोस्टनमा घाइते भई पोखराको नयाँ बजारस्थित गण्डकी मेडिकल कलेजमा उपचार गराई रहनुभएका पत्रकार पाण्डेको स्वास्थ्य अवस्था र उपचारकाबारे उहाँले जानकारी लिनुभएको हो ।

Batas

पोखरास्थित रेडियो गण्डकी र गण्डकी टेलिभिजनमा कार्यरत पत्रकार पाण्डेको बम विस्फोटन हुँदा दाँहिनेपट्टि टाउको र घाँटीमा चोट लागेको छ । उनको स्थिति अहिले सामान्य रहेको अस्पतालले जनाएको छ ।

उक्त घटनामा घाइते भई सोही अस्पतालमा उपचाररत अस्थायी प्रहरी पोस्ट चाउथेमा कार्यरत प्रहरी जवान कुलबहादुर खत्रीको स्वास्थ्य अवस्थाबारे पनि मन्त्री बस्नेतले जानकारी लिनुभएको थियो ।

सो अवसरमा प्रदेशसभा सदस्य राजिव पहारीले पनि घाइतेद्वय पाण्डे र खत्रीको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको थियो ।
–––

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.