www.tandavnews.com
Fact ~ In search of truth

महिला तथा वाल अधिकार उल्लंघनका घटना बढ्दै

नवलपरासी ।

महिला हिंसाका घटनाहरु बढदै गएको इन्सेक गण्डकी प्रदेश संयोजक शिव खकुरेलले बताएका छन् । महिला हिंसा संगै बालबालिका सम्बन्धि हिंसाका घटनाहरु समेत बढेर गएको उनले बताए ।

इन्सेक गण्डकी प्रदेशको आयोजनामा नवलपरासीको कावसोतीमा साेमबार भएको मानव अधिकारको अवस्था बिषयक छलफल कार्यक्रममा सहजिकरण गर्दै उनले यस्तो बताएका हुन् ।

Batas

प्रदेश संयोजक खकुरेलका अनुसार गण्डकी प्रदेश र साविक पश्चिमाअञ्चल विकाश क्षेत्रका जिल्लामा पछिल्लो ६ महिनाको अवधिमा ७ सय ७६ वटा मानव अधिकार उलंघनका घटनाहरु भएका छन् ।

सन २०१८ को जनवरी देखी जुन सम्मको अवधिमा राज्य पक्षबाट ११ जना महिला र ५९ जना पुरुष गरी ७० जना पिडित भएका छन् । गैर राज्य पक्षबाट ६सय ८३ महिला र २३ जना पुरुष गरी ७०६ पिडित भएका छन् ।

यस अवधिमा महिला अधिकारका घटना सबै भन्दा बढि भएका छन् । गैर राज्य पक्षबाट महिला अधिकारका घटनाबाट ५ सय ६९ महिला पिडित भएका छन् ।

गैरकानुनी तरीकाले राज्य पक्षबाट महिला ५ र पुरुष २४ जना गरी २९ गिरफ्तारका घटना भएका छन् ।

बाल अधिकारको उंल्घनका घटनामा गैरराज्य पक्षबाट ९८ जना वालिका र ३ जना १ सय १ जना पिडित बनेका छन् । अमानविय व्यवहारका घटनामा ३ जना महिला र १ पुरुष पिडित बनेका छन् ।

खकुरेलका अनुसार १ जना महिला ३ जना पुरुष गरी ४ जना गैर राज्य पक्षबाट पिडित भएका छन् भने राज्य पक्षबाट ६ जना महिला ३३ जना पुरुष गरी ३९ जना घाइते भएका छन् ।

६ महिनाको अवधिमा अपहरणको घटनाबाट १ जना महिला र १ जना पुरुष पिडित भएका छन् । जातिय बिभेदको घटनाबाट ३ जना महिला र ३ जना पुरुष, कुटपिटको घटनाबाट १ जना महिला र २ जना पुरुष पिडित भएका छन् ।

हत्याको घटनामा गैर राज्य पक्षबाट ७ जना महिला र ८ जना पुरुष गरी १५ जना पिडित भएका छन् । राज्य पक्षबाट दुई जनाको हत्या भएको संयोजक खकुरेलले बताए ।

मानव अधिकार हननका बिभिन्न प्रकृतीका घटनाहरु बढ्दै गएको र यसमा सुधारजनक अवस्था समेत नदेखीएकाले मानव अधिकार सुधारका लागि सबै लाग्नु पर्ने अवस्था रहेको समेत संयोजक खकुरेलले बताउनु भएको छ ।

सोमबारनै मानव अधिकार संजाल नवलपुरको समेत गठन गरीएको छ । भुपेन्द्र खनालको अध्यक्षतामा संजालको गठन गरीएको हो ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.