www.tandavnews.com
Fact ~ In search of truth

पश्चिमाञ्चलमा मानवअधिकारको अवस्था सन्तोषजनक छैन

पोखरा

ताण्डव संवाददाता।

पश्चिमाञ्चल विकास क्षेत्र मानवअधिकारको दृष्टिकोणमा असन्तोष रहेको पाइएको छ ।

Batas

सन २०१७ मा यस क्षेत्रमा मानव बेचविखनका घटना बढ्दै गएको इन्सेकले अभिलेखमा राखेको छ । अभिलेख अनुसार यातनाका घटनाहरु विगतका तुलनामा कमी आएपनि पूर्ण रुपमा नरोकिएको उल्लेख छ ।

इन्सेकले गरेको अभिलेख अनुसार सन् २०१६ मा राज्य पक्षबाट ९१ ज्ना र गैरराज्य पक्षबाट ६ सय ५९ जना पीडित भए । वर्ष २०१७ मा राज्यपक्षबाट २ सय ६४ जना र गैर राज्यपक्षबाट १ हजार ८ सय ५८ जना पीडित छन् ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) पश्चिमाञ्चलका संयोजक शिवप्रसाद खकुरेलका अनुसार २०१७ मा गैरराज्य पक्षबाट विभिन्न घटनामध्ये महिला अधिकार हननका घटना धेरे रहे । गैरराज्य पक्षबाट यस क्षेत्रमा २२ जना महिला सहित ३४ व्यक्तिको हत्या भएको घटना पनि इन्सेकले अभिलेख राखेको खकुरेलले जानकारी दिए ।

‘नेपाल मानव अधिकार वर्ष पुस्तक’ अंक २६ को सार्वजानिकीकरण कार्यक्रममा २०१७ मा भएको मानवअधिकारको अवस्थाको बारेमा जानकारी दिइएको थियो । सोही वर्ष चार महिला र चार पुरुष जातीय विभेदका घटनाका पीडित भ एभने पाँच व्यक्ति अमानवीय व्यहारका घटनामा पीडित भएको उल्लेख अभिलेखमा छ ।

ज्येष्ठ नागरिक, वैदेशिक रोजगारमा गएका व्यक्ति, अपाङ्गता भएका व्यक्तिहरूका मागहरूप्रति सरकारको उदासीनता, स्वास्थ्य संस्थामा दरबन्दी अनुसारका स्वास्थ्यकर्मी कार्यरत नहुंदा सेवाग्राहीहरू मर्कामा, राज्यद्धारा निशुल्क प्रदान गरिने औषधीहरू पर्याप्त उपलब्धता नहुंाँ नागरिकहरू निशुल्क औषधी पाउने अधिकारबाट वञ्चितका घटनाहरु पुस्तकमा समावेश गरिएको छ ।

क्षमता भन्दा बढी कैदी बन्दी भएका कारण कारागारमा खानेपानी, शौचालय र धेरै जसो कारागारमा कैदी बन्दीलाई सुत्ने ठाउँको अभाव र अहिले पनि १३ वर्ष पहिलेदेखि लागु भैरहेको दैनिक ४५ रुपैयाँ नगद र सातसयग्राम चामलका भरमा कैदि बन्दिहरुले कठिन जिवन गुजार्न बाध्यतालाई अभिलेखमा उद्दित गरिएको छ ।

यस वर्ष पाँथरका माझी समुदाय, महोत्तरीका सीमान्तकृत मुसहर समुदाय, रसुवाका भूकम्पपीडितको पुनस्र्थापना, गोरखामा भूकम्पपछिको पुननिर्माण, बर्दियाका बाढीपीडित र बैतडीमा बालविवाह जस्ता आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारका विषयले पुस्तकमा स्थान पाएको छ ।

सार्वजानिकीकरण कार्यक्रममा उत्कृष्ठ कार्य गरेबापत यस वर्ष प्रदेश ५ गुल्मी जिल्लाका टोपलाल अर्याल र प्रदेश ४ गोरखा जिल्लाका हरिराम उप्रेतीलाई पुरस्कृत गरिएको थियो । उनीहरु दुवैलाई प्रदेश प्रमुख बाबुराम कुँवरले पुरस्कार प्रदान गरेका थिए ।

नेपालमा सन् २०१७ मानव अधिकार उल्लङ्घन सम्बन्धी इन्सेकले तथ्य र तथ्याङ्कलाई अभिलेखमा उतारेको छ । जसअनुसार मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनामा ६ हजार ८ सय २१ जना पीडित भए । सन् २०१६ मा मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनामा ४ हजार ५ सय २ जना पीडित भएका थिए ।

सन् २०१७ को तथ्याङ्क गत वर्षको तुलनामा २ हजार ३ सय १९ ले बढी हो । गत वर्ष राज्य पक्षबाट ३ सय ५८ जना र गैरराज्य पक्षबाट ४ हजार १ सय ४४ जना मानव अधिकार उल्लङ्घन तथा ज्यादतीबाट पीडित भएका थिए । यस वर्ष राज्य पक्षबाट ८६ महिलासहित ७ सय ७७ जना तथा गैरराज्य पक्षबाट ४ हजार ५ सय ६४ महिलासहित ६ हजार ४४ जना पीडित भए ।

गत वर्षको तुलनामा राज्य पक्ष र गैरराज्यपक्ष दुवैबाट मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटना बढी भएको अभिलेख गरियो ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.