www.tandavnews.com
Fact ~ In search of truth

उपप्रधानमन्त्री पोखरेलद्वारा पदबहाली

काठमाडाै‌,  (रासस)

नवनियुक्त उपप्रधानमन्त्री ईश्वर पोखरेलले सिंहदरबारको पुतलीबगैँचास्थित रक्षा मन्त्रालयमा आज पदबहाली गरेका छन् ।

उनी मन्त्रालयमा पुग्दा प्रधानसेनापति राजेन्द्र क्षत्री र रक्षा मन्त्रालयका सचिव विष्णु लम्सालले हार्दिक स्वागत अभिवादन गरेका थिए । यसअघि उनले रक्षा मन्त्रीको जिम्मेवारी सम्हाल्दै आएका थिए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले चौथोपटक सरकार विस्तार गर्दा रक्षामन्त्री पोखरेललाई उपप्रधानमन्त्रीको जिम्मेवारी थप गरेका थिए । नवनियुक्त उपप्रधानमन्त्री पोखरेलले राष्ट्रपति विद्यादेवी भण्डारीबाट शुक्रबार पद तथा गोपनीयताको शपथ लिएका थिए ।

Batas

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.