www.tandavnews.com
Fact ~ In search of truth

जाईका ह्याण्डबल प्रशिक्षक ‘केन्जीई’ प्रशिक्षणका लागि नेपालमा

पोखरा ।

जाईका स्वयम सेवक केन्जीई सिहारा जोस्व नेपालमा ह्याण्डवल खेलको विकास र विस्तारमा सहयोग पुयाउने गरी दुई बर्षीय प्रशिक्षणको लागि नेपाल आएका छन् ।

नेपाल ह्याण्डवल संघको निमन्त्रणामा जाईकाले आव्हान गरेको ह्याण्डवल प्रशिक्षकमा केन्जी छनौटमा परि हालै पोखरा आईसकेको संघका अध्यक्ष तेजबहादुर गुरुङले बताए ।

Batas

जापान घर भएका केन्जीले नेपालको ह्याण्डबल खेलको विकास गराउन पोखरामा केन्द्रित भई देशका कुनै पनि ठाँउमा उनलाई प्रशिक्षणको लागि पठाउन सकिने अध्यक्ष गुरुङले बताए ।

उनले भने ‘केन्जी जुनियर कोच भएकोले हामीले बिद्यालय स्तर बाट ह्याण्डवल खेलको विकास गर्ने उद्धेश्यले विदेशी प्रशिक्षक मगाएका थियौं, अब उनको माग अनुसार देशका विभिन्न ठाँउमा पुगेर उनले प्रशिक्षण गराउनु हुन्छ, त्यो वातावरण हामीले मिलाउछौं ।’

केन्जी सहित नेपाल आएका एसटी एन्ड्रीज विश्व बिद्यालय जापानका प्राध्यापक टेट सुया ओहनोलाई बुधबार पोखरामा स्वागत गरिएको छ । कास्की जिल्ला ह्याण्डबल संघ र नेपाल ह्याण्डबल संघले संयुक्त रुपमा उनीहरुलाई खादा तथा मायाको चिनो प्रदान गर्दै स्वागत गरेको हो ।

संघका अध्यक्ष तेज बहादुर गुरुङ, संघका जिल्ला अध्यक्ष क्याप्टेन जग बहादुर गुरुङ लगायतले उनीहरुलाई खादा लगायर स्वागत गरेका हुन ।

साथै जापानिज टोलीले ११ थान ह्याण्डबल समेत प्रदान गरेको संघ कास्कीका बरिष्ठ उपाध्यक्ष चित्र थापाले बताए । आफूलाई नेपाल र नेपालको ह्याण्डबल खेलको विकास गराउने उद्धेश्यले नेपाल आएको केन्जीले बताए ।

यस अघि ३० पटक नेपाल आएका प्रा.ओहनोले नेपालमा सामाजिक कार्यसँगै अब ह्याण्डबल खेलको बिकासमा आफूले सक्दो सहयोग गर्ने बताए । उनी भूकम्प जाँदा समेत नेपाल आएर सहयोग गरेका थिए ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.