www.tandavnews.com
Fact ~ In search of truth

जेसीज वीकइण्ड २०१८ मा विविध सामाजिक विकास कार्यक्रम

पोखरा
ताण्डव न्यूज ।

पोखरा जेसीजले पोखरामा ‘जेसीज वीकइण्ड २०१८’ अन्तर्गत विविध सामाजिक विकास कार्यक्रमको आयोजना गर्ने भएको छ ।

‘फरक अनुभूतिका लागि परिवर्तन स्वीकारौं’ भन्ने नाराका साथ पोखरा जेसीजले तीन दिने कार्यक्रम गर्न लागेको हो ।

Batas

वीकइण्ड अन्तर्गत वैशाख १४ गते पोखरा लेखनाथ महानगरपालिकाको सभाहलमा संसदीय सभा प्रणाली तालिम कार्यक्रम आयोजना गरिएको पोखरा जेसीज वर्ष ०१८ का अध्यक्ष शिव सुवेदीले जनाए ।

उनका अनुसार वैशाख १५ गते जनजागृति आधारभूत विद्यालय पोखरा २१, निर्मलपोखरीमा निशुल्क स्वास्थ्य शिविर तथा दन्त परिक्षण, वैशाख १६ गते पोखरा उद्योग वाणिज्य संघमा उत्कृष्ट शैक्षिक जीवन सम्बन्धी परामर्श तथा उत्प्रेरणा तालिम प्रदान गरिने बताए ।

पोखरा जेसीजले स्थापनाकाल देखि नै युवाहरु लक्षित व्यक्तित्व विकास कार्यमा सकृय भूमिका निर्वाह गर्दै आईरहेकोले सामाजिक विकास कार्यक्रम स्वरुप आयोजना गरिएको पोखरा जेसीज वर्ष ०१८ का महासचिव गणेश गिरीले जानकारी दिए ।

कार्यक्रममा नेपाल जेसिज, पोखरा लेखनाथ महानगरपालिका, पोखरा हस्पिटल एण्ड रिसर्च सेन्टर, डक्टर्स डेन्टल एण्ड इम्प्लान्ट सेन्टर, पोखरा उद्योग वाणिज्य संघ, हिसान नेपाल संस्थाहरुले सहकार्य गर्ने छन् ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.