www.tandavnews.com
Fact ~ In search of truth

जोमसोम कटानको जोखिममा

मुस्ताङ ।

कालीगण्डकी नदीको कटानका कारण मुस्ताङको सदरमुकाम जोमसोम बजार जोखिममा परेको छ ।

अधिक वार्षका कारण उक्त नदीमा पानीको सतह बढेर बस्तीतर्फ कटान गर्न थालेकाले जोखिम बढेको घरपझोङ गाउँपालिकाका उपाध्यक्ष शर्मिला गुरुङले बताए । उनका अनुसार घरपझोङ गाउँपालिकाको जोमसोम, पुथाङ एयरपोर्ट, स्याङ र मार्फाको बस्ती नदीले कटान गर्दा छेउछाउमा रहेका करीब एकसय घरका साथै सरकारी कार्यालय भवनसमेत जोखिममा परेका छन् ।

कटान नियन्त्रण गरी जोमसोम बजार संरक्षणका लागि सर्वेक्षण गरी दीर्घकालीन योजनाका लागि प्रदेश र सङ्घीय सरकारका सम्बन्धित मन्त्रालयमा प्रस्ताव गरिएको उपाध्यक्ष गुरुङले जानकारी दिए।

प्रारम्भिक प्राविधिक अध्ययनअनुसार जोमसोम बजार संरक्षणका लागि रु ३२ करोड लाग्ने अनुमान गरिएको छ । गाउँपालिकाले गरेको प्रस्तावलाई महत्वका साथ सङ्घीय र प्रदेश सरकारको योजनामा समावेश गराउन पहल गरिएको प्रतिनिधिसभा सदस्य प्रेमप्रसाद तुलाचनले बताए ।-रासस

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.