www.tandavnews.com
Fact ~ In search of truth

पोखरामा ज्योतिष तथा वास्तु सम्मेलन हुने, क्रियाशिल पाँच पत्रकारलाई सम्मान गरिने

पोखरा,
ताण्डव न्यूज ।

चौथो दक्षिण एसियाली ज्योतिष तथा वास्तु सम्मेलन पोखरामा हुने भएको छ ।

दक्षिण एसियाली ज्योतिष महासंघको आयोजनामा जेठ १२ र १३ गते लिगेसी होटल, मुस्ताङचोकमा हुने बिहीबार पत्रकार सम्मेलन गरी जानकारी दिइयो ।

Batas

ज्योतिष तथा वास्तुको क्षेत्रलाई अन्तर्राष्ट्रिय समुदायलाई परिचिति गराउने उद्देश्यले सम्मेलनको आयोजना गरिएको मूल निर्णायक समितिका अध्यक्ष डा.लोकराज पौडेलले बताए ।

सम्मेलनमा सार्क राष्ट्र नेपाल, भारत, श्रीलंका, भुटान, थाइल्याण्ड, मलेसिया, बंगलादेश लगायत बेलायत, कोरिया, हङकङ, इण्डोनेसियाबाट समेत प्रतिनिधिहरु पोखरा आइसकेका छन् ।

दक्षिण एसियामा ज्योतिषीहरुले पालना गर्नुपर्ने आचारसंहिता कस्तो बनाउने भन्ने विषयक छलफल नै मुख्य सम्मेलनको एजेन्डा रहेको पौडेलले जनाए ।

‘यसैको लागि दक्षिण एसिया भित्र रहेका सबै ज्योतिषहरुको समर्थनमा संहिताको प्रारुप तयार गरिने कार्यक्रमको लक्ष्य छ,’ उनले भने, ‘ज्योतिषको पेसागत मान्यताहरुलाई दक्षिण एसिया भित्र रहेका सबै राष्ट्रसँग आ–आफ्नो मुलुकमा पहल गरिने कुरालाई पनि सम्मेलनले जोड दिनेछ ।’ सम्मेलनले नयाँ पुस्तालाई ज्योतिषप्रतिको आकर्षण बढाउन परम्परागत कुरालाई आधुनिक प्रविधिसँग गाँस्ने समेत लक्ष्य लिइएको उनले सुनाए ।

सम्मेलनकै अवसरमा पत्रकारिता क्षेत्रमा क्रियाशिल पत्रकार आर्दश समाजका प्रधान सम्पादक कृष्ण बाँस्तोला, गोरखापत्र तथा रेडियो बाराहीका पत्रकार रमेश पौडेल, ताण्डव साप्ताहिकका सम्पादक अर्जुन गिरी, रेडियो शालिग्राम तथा समाधान राष्ट्रिय दैनिकका संवाददाता रामकृष्ण लामिछानेलाई समेत सम्मान गरिने छ ।

त्यसैगरी, नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा.डा. रामचन्द्र गौतम, राष्ट्रिय धर्म सेवा नेपालका अध्यक्ष एवं पूर्व पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा.डा.माधव भट्टराई, विशिष्ट व्यक्तित्व प्रा. श्रीकृष्ण अधिकारी, संस्कृतिविद् एवं ज्योतिषविद् डा. जगमान गुरुङ, एसियन एस्ट्रोलोजर कंग्रेस भारतका सभापति डा. सत्य विश्वास, वरिष्ठ वास्तुविद् डा.माधव मंगल जोशी लाई समेत अभिनन्दन गरिने कार्यक्रम रहेको जानकारी गराउँदछौं ।

साथै, पञ्चाङ्गकार पद्मनाथ त्रिपाठी, ज्योतिषी प्रेमकुमारी गुरुङ, वयोवृद्ध मनोहरी त्रिपाठी, इन्द्रबहादुर गुरुङ लगायत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रका व्यक्तित्वहरुलाई सम्मान गरिने पौडेलले जानकारी दिए ।

सम्मेलनमा देश तथा विदेशबाट झण्डैं ७ सय भन्दा बढीको संख्यामा प्रतिनिधिहरुको उपस्थिति रहने अनुमान गरिएको छ ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.