www.tandavnews.com
Fact ~ In search of truth

काहुँ महोत्सवमा रक्सी खाएर प्रहरीको ‘गुण्डागर्दी’

पोखरा
ताण्डव न्यूज ।

पोखरामा धेरै मेला महोत्सव हुन्छन् । महोत्सव आयोजना गर्न धेरै कुराहरु आवश्यक पर्छ ति मध्ये सबैभन्दा महत्वपूर्ण कुरा भनेको सुरक्षा हो । आयोजकले राखेको सुरक्षा गार्डले मात्र नपुग्ने भएर प्रहरी प्रशासनलाई गुहार्ने गर्छन् ।

त्यही सुरक्षा दिने प्रहरीलेनै उल्टो गुण्डागर्दी शैलीमा रकम अशुल गरि रक्सी खाएर ववाल गरेको घटना सार्वजनिक भएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीमा कार्यरत प्रहरी जवान किरण भुजेलले शनिबार रक्सी खाएर रकम अशुल गरेको आरोप लागेको हो । महोत्सवमा पुगेका विजय नेपालीका अनुसार गुण्डागर्दी पारमा रकम अशुल गरेका थिए ।

Batas

घटनाक्रम 

घटना २९ गते शनिबारको हो । प्रहरी जवान किरण र उनका साथी काहँु महोत्सवमा पुग्छन् । त्यहाँ पुगेर ‘म प्रहरी हुँ’ भन्दै रकम अशुली गर्छन् । केही व्यवसायीहरुले उनलाई रकम पनि दिए ।

त्यही रकम लिएर उनीहरु दुई जना रक्सी खाए । रक्सी लागेपछि उनीहरु अन्य स्टलमा पनि रकम माग्न हिडे । ति मध्येका एक व्यवसायीले रकम नदिने भनेपछि सामान्य विवाद भयो । त्यसपछि अन्य व्यपारीपनि त्यहाँ पुगे । विवादले चर्को रुप लिन थाल्यो ।

त्यसपछि त्यही कार्यरत वडा प्रहरी कार्यलय रामबजारका असइ शंकरप्रसाद पौडेललाई उनको जिम्मा लगाइयो । असई पौडेलले उनलाई नियन्त्रणमा लिनुको सट्टा ‘घर जा’ भन्दै छाडिदिए ।

रक्सीले मातिएका किरण पुन महोत्सव स्थलमा छिरे । कार्यक्रम भई रहेको थियो । उनी यतिसम्म मातिएका थिए कि कार्यक्रम भइरहेको स्टेजमा पुगे । उनको हर्कत देखेपछि आयोजकले रोक्न खोजे । तर किरणले उल्टो आफू प्रहरी रहेको भन्दै आयोजकलाईनै थर्काए ।

कसैले सम्हाल्न नसकेपछि त्यहाँ पुगेका पत्रकारले वडा प्रहरी कार्यालय रामबजारका प्रमुख तथा ईन्स्पेक्टर दीपक केसीलाई फोन गरे । केसी त्यही भएको हुनाले तुरुन्तै आएर किरणलाई नियन्त्रणमा लिए ।

पहिलो पटकनै गल्ती गर्दा प्रहरीले नियन्त्रणमा लिनु पर्ने प्रत्यक्षदर्शी सुरेशराज अधिकारीले बताए । ‘किरणले रकम अशुली गरी रक्सी खाएर बवाल गरेको कुरा थाहा पाएका वडा प्रहरी कार्यालय रामबजारका असइ शंकरप्रसाद पौडेलले उनलाई नियन्त्रणमा लिनु पर्ने थियो,’ उनले भने, ‘पछि फेरी वबाल मच्चाएपछि हामीले इन्स्पेक्टर सावलाई बलाउनु प¥यो ।’

मदिरा खाएर होहल्ला गरेपछि नियन्त्रणमा लिएको वडा प्रहरी कार्यालय रामबजारका प्रमुख तथा इन्स्पेक्टर दीपक केसीले ताण्डव न्यूजलाई बताए ।

‘होहल्ला भएपछि नियन्त्रणमा लिएर ल्याएको हुँ,’ उनले भने, ‘जिल्लामा कार्यरत किरणलाई जिल्लामानै कारवाहीको लागि बुझाएको छु ।’

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.