www.tandavnews.com
Fact ~ In search of truth

पोखराका युवा व्यवसायी कोइरालाद्धारा कालिज फर्म सञ्चालनमा ल्याइँदै

पोखरा
ताण्डव न्यूज ।

पोखराका दुई युवा व्यवसायीहरुले नेपाल सरकारबाट इजाजत प्राप्त गरेको एक संस्थासँगको सहकार्यमा पोखरामा कालिज फर्म खोल्ने भएका छन् । काठमाडौंमा रहेको एभरेस्ट वाइल्ड लाईफ एग्रो र पोखराको कुनो एकिकृत कृषि फर्मको सहकार्यमा कालिज फर्म खुल्ने भएको हो ।

युवा व्यवसायी प्रकाश कोइराला र कविन्द्र कोइरालाले पोखरा महानगर–२६ बुढीबजार, तालबेसीमा साढे १३ रोपनी जग्गाामा फर्म खोल्न लागेका हुन् ।

Batas

कालिज उत्पादनका लागी अण्डा आयात गर्नु पर्ने व्यवसायी प्रकाशले बताए । ‘फर्म तयार भइरहेको छ, अण्डा पनि १०, १५ दिनमा आईपुग्छ,’ उनले भने, ‘अबको २ महिनाभित्रै कालिज फर्म सञ्चालनमा आउँछ ।’

सुरुवाती चरणमा ५ हजार कालिज फर्ममा राख्ने उद्देश्य सहित फ्रान्सबाट अण्डा मगाइएको व्यवसायी कोइरालाले जानकारी दिए । कालिज फर्म खोल्नका लागी १ करोड ५० लाख लागत लाग्ने उनले बताए ।

कृषिमा पहिला देखिनै इच्छा भएकाले कालिज फर्म खोल्न लागेको व्यवसायी कोइरालाले बताए । उनीहरुले कालिज फर्मसँगसँगै माछापालन र रेष्टुरेण्ट पनि सोही स्थानमा सञ्चालन गर्ने भएका छन् । फर्ममा उत्पादित कालिज, रेष्टुरेन्टमै प्रयोग गर्ने र बढी भएमा बेच्ने उनको भनाई छ ।

कालिजको मासु खानु कुखराको मासु खानु भन्दा स्वास्थ्यको लागी फाइदाजनक रहेको उनले सुनाए ।  ‘कुखुराको मासुमा हुने क्यालोरी भन्दा काजिलमा कम क्यालोरी हुन्छ,’ उनले भने, ‘फ्याट्नेस, सोडियम पनि कालिजको मासुमा कम हुन्छ । कोलेस्ट्रोल र प्रोटिनको मात्रा कालिजको मासुमा कुखुराको भन्दा बढि हुन्छ ।’

प्रकाश पोखरा बाराही ज्वेलर्स, फेवा डेन्टल, मुनाल ड्राइभिङ इन्स्टिच्युडका सञ्चालक हुन् ।  अर्का व्यवसायी कविन्द्र हिमालयन वाटर एण्ड आइस उद्योग, जुस पार्लर,हिमालयन चाउमिन उद्योगका सञ्चालक हुन् ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.