www.tandavnews.com
Fact ~ In search of truth

कल्याण शेरचनको जन्मजयन्तीमा सारंगी उत्सव

पोखरा,
ताण्डव न्यूज ।

कल्याण शेरचनको ७२ औैं जन्मजयन्तीको स्मृतिमा अधिराज्यव्यापी नेपाली राष्ट्रिय लोक बाजा सारंगी उत्सवको आयोजना गरिएको छ ।

कल्याण शेरचन स्मृति प्रतिष्ठानको आयोजना र साँस्कृतिक संस्थान काठमाडौंसँगको सहकार्यमा साउन १२ गते राष्ट्रिय नाचघर जमल सभाहलमा हुने आइतबार पोखरामा पत्रकार सम्मेलन गरी जानकारी दिइयो ।

Batas

वर्तमान नेपालको संरचना अनुसार ७ वटै प्रदेशबाट प्रतिनिधित्व हुने गरी कलाकराहरुलाई आमन्त्रण गरिएको जनाइएको छ । जसअनुसार प्रदेश ४ र ३ वटा ५/५ जना र अन्य प्रदेशबाट २ जनाका दरले प्रतिनिधित्व रहने कार्यक्रम संयोजक जीवन दाहालले जानकारी दिए । उनका अनुसार सारंगी उत्सवमा २० जना सारंगी वादकहरुको सहभागीता रहनेछ । साउन ११ गते सारंगी सम्बन्धी कार्यशाला गोष्ठीको पनि आयोजना गरिएको उनले बताए ।

उत्सवको अवसर पारेर सारंगी बादक, लोक गायक, रेडियो नेपालबाट अवकास प्राप्त एवं ‘बाटो छ भिरालो, जिरा मरिचा र रेलको ढोका बन्द’ जस्ता चर्चित गीतका सर्जक÷गायक कृष्णबहादुर गन्धर्वलाई नगद २५ हजार सहित सम्मान गरिने प्रतिष्ठानका सचिव श्रीजङ्ग गुरुङले जानकारी दिए ।

कार्यक्रमलाई रोचक बनाउनको लागि हिमाली साँस्कृतिक परिवारका कलाकारहरुबाट स्रष्टा कल्याण शेरचनको गीतमा नृत्य प्रस्तुत गरिने गुरुङले बताए । कार्यक्रम सम्पन्न गर्नको लागि ८ लाख ५० हजार खर्च हुने अनुमान गरिएको छ भने सहयोगका लागि थुप्रै संघसंस्था र व्यक्तिविशेषबाट भइरहेको जनाइएको छ ।

प्रतिष्ठानले शेरचनले अगालेका विधाहरु लोक संस्कृति, शिक्षा र खेलकुद क्षेत्रमा योगदान पु¥याएका विभिन्न व्यक्तिहरु जस्तै, नृत्य प्रशिक्षक भैरवबहादुर थापा, फुटब प्रशिक्षक डम्बरसिंह गुरुङ, शिक्षाविद् बलवीर सिंह नेगी, संगीतकार प्रकाश गुरुङ र खेलाडी एवं प्रशिक्षक खड्गबहादुर रानाभाटलाई सम्मान तथा अभिनन्दन गरिसकेको छ ।

यसैगरी पश्चिमाञ्चल स्तरीय साँस्कृतिक कार्यक्रम, भूकम्पपीडित विद्यालयको पुननिर्माण, राष्ट्रिय लोकबाजा मादल बादन प्रतियोगिता जस्ता महत्वपूर्ण कार्यहरु गरिसकेको छ ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.